क्रिमसनमा शिखर इन्स्योरेन्सका वीमितको उपचार हुने

मणिग्राम । क्रिमसन अस्पताल मणिग्राम र शिखर इन्स्योरेन्स लिमिटेडबीच स्वास्थ्य बीमा उपचार सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
सम्झौता अनुसार शिखर इन्स्योरेन्स लि. मा स्वास्थ्य वीमा गरेका विमितले क्रिमसन अस्पतालमा भर्णा भै शल्यक्रिया वा अन्य उपचार गर्दा पैसा तिर्नुपर्ने छैन । ओपिडी र अन्य स्वास्थ्य परीक्षण गरेकोमा भने बिल अनुसारको दावी गरेपनि कम्पनीले विमितलाई नगद फिर्ता दिनेछ ।
क्रिमसन अस्पतालका निर्देशक डा.शेखरप्रसाद पोखरेल र इन्स्योरेन्स कम्पनीका प्रदेश प्रमुख किरण काफ्लेबीच शिखरका विमितलाई उपचार सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । यसले यस क्षेत्रका विमितलाई ठूलो सहयोग पुग्ने कम्पनीले जनाएको छ ।
क्रिमसन अस्पतालले शिखरका वीमितलाई उपचार सेवामा सहजता गराउन सहयोग कक्ष खडा गरेर सहजीकरण गर्ने अस्पतालका अध्यक्ष दुर्गाप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।
क्रिमसन अस्पताल काठमाण्डौं बाहिरको निजी क्षेत्रको पहिलो सुविधा सम्पन्न अस्पताल हो । यो अस्पताल बुटवलदेखि ८ किलोमिटर भैरहवादेखि १३ किलोमिटर दुरीमा रुपन्देहको मुटु तिलोत्तमा नगरपालिका वडा नं. ५ मणिग्राममा अवस्थित छ । अस्पतालले नेपाल सरकारबाट सन २०११ मा १०० शैया स्वीकृति लिएर यस क्षेत्रका बिरामीहरुलाई उपचार सेवा प्रदान गरिरहेको छ ।
तिलोत्तमा नगरपालिकासहित आसपासका जिल्लाहरु तथा सीमावर्ती भारतीय नागरिकको विश्वास र भरोसा रहेको क्रिमसन अस्पतालले समुदायलाई स्वास्थ्य बनाउन भूमिका खेल्दै आएको छ । यस अस्पतालमा यस क्षेत्रकै उत्कृष्ठ स्वास्थ्य सेवा उपलब्ध छन् । दक्ष, अनुभवी र सिनियर चिकित्सकहरुद्धारा जनरल स्वास्थ्य सेवाका अतिरिक्त क्याथ ल्याब सेवा, जनरल आइसियु, न्युरो आइसियु, न्युरो सर्जरी आइसियु, नियोनेटल आईसियु (एनआईसियु), सिसियुलगायतका सुविधा सम्पन्न उपचार कक्ष, डायलासिस सेवा, सिटीस्क्यान सेवा, अत्याधुनिक प्रयोगशाला अस्पतालमा उपलब्ध छन् । ब्रोनोस्कोपी, इन्डोस्कोपी, कोलोनोस्कोपी, अल्ट्रासाउण्ड, इको, फिजियो थेरापी, टिएमटी, हल्टर, इको, पल्मोनरी फङ्सन टेष्टलगायतका सुविधा पनि अस्पतालमा रहेका छन् ।
यस अस्पतालमा गम्भीर अवस्थाका बिरामीको उपचारका लागि ११ वटा भेन्टिलेटर बेड, ३ वटा एनेस्थेसिया मेशिन, अत्याधुनिक उपकरणयुक्त मोडुलर सहितका ३ वटा शल्यक्रिया कक्ष, ६ वटा डाललाइसिस मेशिनलगायतका उपकरणहरु रहेका छन् ।
अस्पतालमा दुई दर्जन उत्कृष्ठ कन्सल्टेन्ट डाक्टर र आवश्यकता अनुसार मेडिकल अधिकृतहरुसहित अनुभवी र दक्ष जनशक्ति उपलब्ध रहेका छन् ।
शिखर इन्स्योरेन्स कम्पनी पनि निर्जीवन क्षेत्रको अग्रणी वीमा कम्पनी हो । देशभरमा यसका १ सय १३ वटा शाखा तथा ६५० भन्दा बढी दक्ष कर्मचारी कार्यरत शिखरका वीमितले छिटो छरितो दावी भुक्तानी प्राप्त गर्दै आएका छन् ।

spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img

सर्वाधिक पढिएका