क्रिमसनद्धारा होराईजन जिविएसमा सिपिआर तालिम

मणिग्राम, २५ मंसिर ।
आकस्मिक रुपमा हृदयघात हुँदा अपनाउनुपर्ने प्राथमिक उपचारका बिषयमा जनचेतना जगाउने उद्देश्यले क्रिमसन अस्पताल मणिग्रामले न्यु होराइजन जिविएस उच्च माध्यमिक विद्यालय ड्राइभरटोलमा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।
सिपिआर अवारनेश तथा डेमोस्ट्रेशन कार्यक्रम नाम दिइएको सो कार्यक्रममा क्रिमसन अस्पताल मुटु रोग विभागमा कार्यरत डा. अजय पाण्डे र डा. रुक्सना खाँनले न्यु होराइजन जिविएस उच्च मावि कक्षा ११ र १२ का छात्रछात्राहरुलाई सिपिआर तालिम दिनुभएको थियो । हृदयघातपछि मष्तिष्कमा अक्सिजनको मात्रा कम हुँदा बिरामीलाई तत्काल गरिने प्राथमिक उपचारविधिलाई सिपिआर तालिम भनिन्छ ।
पछिल्लो समयमा बढ्दो शहरीकरण, खानपान र रोगब्याधीका कारण हुदयघातका घटना बढ्दो छ । हृदयघातपछि नारीको गति नभएको अवस्थामा सिपिआर निकै प्रभावकारी मानिन्छ । हृदयघातले ढलेको ब्यक्तिलाई चिउँडो उठाएर सुताउने, छातिमा हातले पम्प दिने र मुखबाट फुकेर अक्सिजन दिने गरेमा मष्तिष्कमा अक्सिजनको मात्रा पु¥याउन सकिन्छ ।
मष्तिष्क बचाउन सिपिआर विधि निकै प्रभावकारी हुने डा.पाण्डेले बताउनुभयो । सो अवसरमा विद्यार्थीहरुलाई डमीबाट सिपिआर प्राथमिक उपचार विधि सिकाइएको थियो ।
कार्यक्रममा अस्पतालकी नर्सिङ्ग ईन्चार्ज सरिता अर्याल र प्रशासन शाखा प्रमुख कुलमणि ज्ञवालीले अस्पतालले उपलब्ध गराउने सेवा सुविधा र सिपिआर तालिमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।
सो अवसरमा न्यु होराईजन जिविएस उच्च मा.वि.का प्राचार्य गोपाल आचार्यले जीवनको महत्व जिउँदो छँदा मात्र हुने भएकाले स्वस्थ जीवनका लागि ख्याल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले जनचेतना जगाउने उद्देश्यले क्रिमसन अस्पतालले सिपिआर तालिम दिएकोमा धन्यवाद दिनुभयो ।

spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img

सर्वाधिक पढिएका