बुटवल–नारायणगढ सडक निर्माणको चौथो पटक म्याद थप्ने तयारी

चौथो पटक म्याद थप्ने अवधिसम्म नारायणगढदेखि दुम्किबाससम्मको खण्डमा एकतर्फी रूपमा ५५ किलोमिटर कालोपत्र सडकमा यात्रा गर्न सकिने अवस्थामा पुगेको छ ।
गौतमबुद्ध सन्देश

भैरहवा ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडक खण्ड तेस्रो पटक थपिएको म्याद सकिनै लाग्दा पनि निर्माणको भौतिक प्रगति ६९ प्रतिशतमात्रै छ ।
सडक योजनाका सूचना अधिकारी शिव खनालले यो योजनाको भौतिक प्रगती ६९ प्रतिशतमात्र रहेको र चौथो पटक म्याद थपको प्रक्रिया अघि बढाइएको बताए । सडक विस्तारको काम २०७५ माघ २४ गते सम्झौता भएर २०७९ साउन २२ गते सम्पन्न गर्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले काम सुरु गरेको थियो । निर्धारित समयमा काम सम्पन्न नभएपछि २०८१ साउन ८ गतेसम्मका लागि दोस्रो पटक म्याद थप भएको थियो । गत साउनमा २०८२ साउन ८ गतेसम्मका लागि तेस्रो पटक म्याद थप गरिएको थियो । यस अवधिको अन्त्यमा आइपुग्दा ६९ प्रतिशत काम सकिएको हो । खनालका अनुसार निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले ५ सय ७६ दिन थप म्याद थपका लागि माग गरेको छ । एक वर्षका लागि मात्र म्याद थप गर्ने तयारी गरिएको छ ।
चौथो पटक म्याद थप्ने अवधिसम्म नारायणगढदेखि दुम्किबाससम्मको खण्डमा एकतर्फी रूपमा ५५ किलोमिटर कालोपत्र सडकमा यात्रा गर्न सकिने अवस्थामा पुगेको छ ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका