तिलोत्तमा । क्रिमसन कलेज अफ टेक्नोलोजी अन्तर्गतका कलेज र क्रिमसन अस्पतालका विद्यार्थी, कर्मचारी र विरामीलाई लुम्बिनी केबलकारको टिकटमा छुट दिने सम्झौता भएको छ । आइतबार अस्पताल सञ्चालक समितिका अध्यक्ष दुर्गाप्रसाद पाण्डे र लुम्बिनी केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूबीच छुट सम्झौता पत्रमा हस्ताक्षर आदान प्रदान भएको हो ।
सम्झौता अनुसार लुम्बिनी केबलकारले क्रिमसन कलेज अफ टेक्नोलोजी तथा क्रिमसन अस्पतालका सञ्चालक, कर्मचारी, विद्यार्थी र विरामीहरुलाई केबलकारले टिकट दरमा २० प्रतिशत छुट दिने भएको छ । छुट सुविधा पाउन सञ्चालक, कर्मचारी, विद्यार्थीहरुले केबलकारको टिकट काउन्टरमा अद्यावधिक भएको परिचयपत्र देखाउनुपर्नेछ ।
त्यस्तै क्रिमसन अस्पतालमा उपचार गराएका विरामीहरुका हकमा अस्पतालमा न्यूनतम एक हजार रुपैयां खर्च गरेका विरामीले उपचार खर्चको बिल देखाउनुपर्ने छ । विरामीले छुट सुविधा उपचार गरेको ६० दिनको अवधिभित्र मात्र पाउने छन् । लुम्बिनी केबलकारको टिकट दर ७५० रुपैयां प्रतिव्यक्ति रहेको छ । यो केवलकार नेपालको दोस्रो लामो हो । सम्झौता अनुसार अस्पतालले पनि केबलकारका सञ्चालक,शेयर सदस्य, कर्मचारीलाई बेडचार्ज,ल्याब टेस्ट, अप्रेसन, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी आदिमा छुट दिने छ। यसका साथै दुबै संस्थाले आफ्नो व्यवसाय प्रवद्र्धनका लागि होर्डिङ बोर्डहरु राख्न पाउने छन् ।
सम्झौता पत्र आदान प्रदान कार्यक्रममा अस्पतालका अध्यक्ष दुर्गाप्रसाद पाण्डे, प्रशासन प्रमुख कुलमणि ज्ञवाली, जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्याल तथा केबलकारका तर्फबाट केबलकारका तर्फबाट अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूसंगै म्यानेजर प्रज्ज्वल घिमिरे, मिडिया कोर्डिनेटर टिआर शर्माको उपस्थिति रहेको थियो ।
लुम्बिनी केबलकार विश्वमै सबैभन्दा अत्याधुनिक र सुरक्षित अष्ट्रियाको डुपलमायर कम्पनीबाट निर्मित युरोपियन प्रविधिको केबलकार हो । २५ वटा गोण्डुला रहेको लुम्बिनी केबलकारले एक दिनमा ६ हजार जनालाई आवतजावत गराउन सक्छ ।
केबलकारको टप स्टेशन पाल्पाको बसन्तपुर डांडामा छ । त्यहां प्रख्यात शक्तिपीठ कामाख्या मन्दिर, सय वर्ष पुरानो दुर्गा मन्दिर, जीपलाइन, स्काइ साइक्लिङ, आधुनिक पिङ, बाल उद्यान, रेष्टुरेन्ट, सेमिनार हल लगायत पर्यटकीय पुर्वाधार छन् ।
प्राकृतिक हिसाबले स्वच्छ, शान्त हरियालीयुक्त र मनोरम बसन्तपुरमा गर्मीमा शीतल र जाडोमा घाम लाग्ने हुंदा जुनसुकै मौसममा पर्यटकको रोजाइको थलो बनेको छ ।
एक सय बेड क्षमताको क्रिमसन अस्पताल निजी क्षेत्रको लुम्बिनी प्रदेशकै सुविधासम्पन्न अस्पताल हो । यहांको ओपीडी टिकट दर ३ सय रुपैयां मात्र छ । सुलभ टिकट दरका कारण यो अस्पताल विरामीको पहिलो रोजाईको निजी अस्पतालको परिचय बनाएको छ ।
दक्ष, अनुभवी र सिनियर चिकित्सकहरुद्धारा जनरल स्वास्थ्य सेवाका अतिरिक्त क्याथ ल्याब सेवा, जनरल आइसियु, न्युरो आइसियु, न्युरो सर्जरी आइसियु, नियोनेटल आईसियु (एनआईसियु), सिसियुलगायतका सुविधा सम्पन्न उपचार कक्ष, डायलासिस सेवा, सिटीस्क्यान सेवा, अत्याधुनिक प्रयोगशाला अस्पतालमा उपलब्ध छन् । ब्रोनोस्कोपी, इन्डोस्कोपी, कोलोनोस्कोपी, अल्ट्रासाउण्ड, इको, फिजियो थेरापी, टिएमटी, हल्टर, इको, पल्मोनरी फङ्सन टेष्टलगायतका सुविधा पनि अस्पतालमा रहेका छन् ।
यस अस्पतालमा गम्भीर अवस्थाका बिरामीको उपचारका लागि ११ वटा भेन्टिलेटर बेड, ३ वटा एनेस्थेसिया मेशिन, अत्याधुनिक उपकरणयुक्त मोडुलर सहितका ३ वटा शल्यक्रिया कक्ष, ६ वटा डाललाइसिस मेशिनलगायतका उपकरणहरु रहेका छन् ।
अस्पतालमा दुई दर्जन उत्कृष्ठ कन्सल्टेन्ट डाक्टर र आवश्यकता अनुसार मेडिकल अधिकृतहरुसहित अनुभवी र दक्ष जनशक्ति उपलब्ध रहेका छन् ।
सकेसम्म बिरामी यहाँबाट बाहिर जाने अवस्था नआओस् भन्ने उद्देश्यका साथ गुणस्तरीय सेवा र दक्ष जनशक्तिमा जोड दिइएको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद पाण्डे बताउनु हुन्छ ।
अस्पतालमा लामो अनुभव प्राप्त र दक्ष हाड जोर्नी तथा नशा रोग बिशेषज्ञ, जनरल तथा ल्याप्रोस्कोपी सर्जन, युरो सर्जरी, जनरल फिजिसियन, नाक, कान तथा घाँटी रोग बिशेषज्ञ, मुटुरोग बिशेषज्ञ, न्युरो सर्जरी, छाला तथा यौन रोग बिशेषज्ञ, रेडियोलोजिष्ट, युरो सर्जरी, स्त्री तथा प्रसुति रोग बिशेषज्ञ, एनेस्थेसिया तथा सघन उपचार बिशेषज्ञ, सिटिभिएस सर्जरी (मुटु, छाती तथा नशा शल्य चिकित्सा), बाल रोग बिशेषज्ञ, नशा तथा मनोरोग बिशेषज्ञ, मृगौला रोग बिशेषज्ञ, छाती तथा फोक्सो रोग बिशेषज्ञ, दन्तरोग बिशेषज्ञ, प्याथोलोजिष्ट लगायतका सिनियर समेत गरी ४० जना चिकित्सक कार्यरत हुनुहुन्छ । १५० भन्दा बढी दक्ष र अनुभवी नर्सिङ्ग स्टाफहरु बिरामीहरुको सेवामा खटिनु भएको छ ।
अस्पतालमा नेपाल सरकारको बिपन्न कार्यक्रम मृगौलाको डायलासिस, मुटुको एन्जियोप्लास्टी, एन्जियोग्राफी, पेसमेकर जस्ता सेवाहरु समेत उपलब्ध रहेका छन् ।
भारतीय दुतावाससँगको सहकार्यमा भारतीय सेनाबाट रिटायर्ड पूर्व सैनिक कर्मचारी तथा उनीहरुका आश्रित परिवारको स्वास्थ्य उपचार सेवा (ईसिएचएस कार्यक्रम) समेत यस क्रिमसन अस्पतालमा उपलब्ध रहेको छ ।
स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन दक्ष जनशक्ति उत्पादन गर्नका लागि समय सापेक्ष अनुसारका कोर्षहरु अध्यापन गराउन सहयोग गरिरहेको छ । क्रिमसन कलेज अफ टेक्नोलोजीतर्फ स्वास्थ्यसँग सम्बन्धित फार्मेसीमा स्नातकोत्तर (एम फर्मा) र स्नातक (बि फार्मा), बिएससी नर्सिङ्ग, ब्याचलर इन नर्सिङ्ग, बिपिएच, बिएससी एमएलटी पढाइ हुने गर्दछ ।










