लालगोपालसँग कविता साँझ हुने

गौतमबुद्ध सन्देश

टोकियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरले विशेष साहित्यिक कार्यक्रम “लालगोपालसँग कविता साँझ” आयोजना गर्ने भएको छ।

प्रसिद्ध कवि, गीतकार तथा अनेसास केन्द्रीय कार्यसमितिका बरिष्ठ उपाध्यक्ष श्री लालगोपाल सुबेदीको विशेष उपस्थितिमा उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो। साहित्य, भाषा र संस्कृतिप्रति समर्पित यस कार्यक्रममार्फत कविता वाचन तथा स्रष्टा–श्रोता अन्तरक्रिया गरिने जनाइएको छ।

कार्यक्रम आगामी २०२६ फेब्रुअरी २१ तारिख, साँझ ५:०० बजे टोकियोस्थित राइनो किचन, सुगामो (Tokyo-to Toshima-ku Sugamo 4-22-4) मा सम्पन्न हुनेछ।

अनेसास जापान च्याप्टरका अध्यक्ष आनन्द अधिकारीले जापानमा रहेका सम्पूर्ण साहित्यप्रेमीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन हार्दिक निमन्त्रणा गर्नुभएको छ।

महासचिव मनोज मौसम के.सी. तथा कार्यक्रम संयोजक सरोज घिमिरेका अनुसार उक्त कार्यक्रम १४औँ कार्यसमिति (२०२५–२०२७) को आयोजनामा सम्पन्न हुन लागेको हो।

“कवितामा जीवन, जीवनमा कविता” भन्ने मूल भावसहित आयोजना हुने यस विशेष काव्य साँझले जापानमा नेपाली भाषा–साहित्यको प्रवर्द्धनमा थप ऊर्जा प्रदान गर्ने विश्वास लिइएको छ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका