एनएमबी बैंक लिमिटेडका कर्मचारी तथा ग्राहकहरुले अबदेखि क्रिमसन अस्पताल मणिग्राममा उपचारमा छुट पाउने भएका छन् ।
एनएमबी बैंकका सम्पूर्ण कर्मचारीहरु तथा सम्पूर्ण ग्राहकहरुले एनएमबी बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाईल एपबाट क्रिमसन अस्पतालमा भुक्तानी गर्दा १० प्रतिशत छुट पाइने सम्बन्धी सम्झौतामा क्रिमसन अस्पतालका अध्यक्ष दुर्गा प्रसाद पाण्डेय र एनएमबी बैंक मणिग्रामका शाखा प्रबन्धक केशव खनालले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौतामा ल्याब तथा होल बोडी चेक अप, अप्रेशन, एक्सरे, भिडियो एक्सरे, सिटिस्क्यान, बेड चार्ज, इसिजी, इको, इन्डोस्कोपी, कोलोनोस्कोपी, फिजियोथेरापी सेवामा क्रिमसन अस्पतालले १० प्रतिशत सहुलियत दिने उल्लेख गरिएको छ ।
निजी क्षेत्रको पश्चिम नेपालको सुविधा सम्पन्न अस्पतालको रुपमा स्थापित क्रिमसन अस्पताल १०० शैयामा सञ्चालित छ । अत्याधुनिक सुविधासम्पन्न यस अस्पतालमा दक्ष, अनुभवी बरिष्ठ बिशेषज्ञ चिकित्सकहरुको सेवा उपलब्ध छ ।
एनएमबी बैंकले निजी क्षेत्रको उत्कृष्ठ बैंकको रुपमा सेवा दिइरहेको छ । बैंकका देशभर २०२ वटा शाखा १८६ वटा एटिएम र ९ वटा एक्सटेन्सन काउन्टर रहेका छन् ।
एनएमबी बैंकका कर्मचारी र ग्राहकलाई उपचारमा छुट

गौतमबुद्ध सन्देश








