शुभ अवसर ग्राम नेपालद्वारा सिमाबाट तीनसय बढीको उद्धार

भैरहवा, असोज ९ । शुभ अवसर ग्राम नेपाल भैरहवा शाखाले सञ्चालन गर्दै आएको अन्तरसीमा मानव बेचबिखन विरुद्धको परियोजना अन्र्तगत आ.व. २०८१/८२ मा नेपाल–भारतका विभिन्न स्थानबाट ३ सय ४२ जनाको उद्धार गरेको छ । विहिवार वार्षिक प्रगती विवरण सार्वजनीक गर्दै परियोजना अधिकृत सत्यनारायण यादवले सो कुराको जानकारी दिए । उनका अनुसार परियोजनाले आन्तरिक तथा बाह्य रुपमा मानव बेचबिखन तथा शोषणमा परेकाहरुको उद्धार, पुनःस्थापना र समन्वय कार्यमा महत्वपूर्ण प्रगति गरेको छ ।
त्यस्तै संस्थाले गत आर्थिक वर्षमा १ सय ३९ जनालाई दीर्घकालीन तथा अल्पकालीन आश्रय तथा सुरक्षा सेवा, सुरक्षित आवास गृह र सीमा क्षेत्रमा २ सय १८ जनाको पारिवारिक पुनर्मिलन र १ सय १८ जना सेवाग्राहीलाई प्रहरी र  सम्बन्धित संघ–संस्थामा रिफर गरेको जनाएको छ ।
यस्तै, २ सय ७६ सत्र मनोविमर्श सेवा प्रदान गरिएको, भारतमा क्रियाशील गैरसरकारी संस्था केआएन इन्डिया, नेपाली दूतावास र अन्य निकायको सहकार्यमा १ सय ७५ जना युवा, महिला र बालबालिकालाई स्वदेश फिर्ती गराइएको, साथै रुपन्देहीका विभिन्न नाकाहरुमा ८ हजार ४सय ९५ जना महिला, बालबालिका र युवायुवतीलाई परामर्श सेवा प्रदान गरिएको जनाएको छ ।
परियोजनाले सीमा निगरानीका क्रममा ५६ जनालाई फिर्ता पठाएको, ३२ जनालाई स्वास्थ्य उपचार सेवा, १ जनालाई शिक्षामा निरन्तरताको सहयोग, साथै ९ जनालाई सीपमूलक तालिम र ९ जनालाई व्यवसायका लागि बिउँपूँजी समेत उपलब्ध गराएको यादवले जानकारी दिए । उद्धार गरिएका १० जनालाई कानुनी सहयोग गरिएको र मानव बेचबिखन तथा ओसारपसार अभियोगमा ४ ओटा मुद्दा दर्ता गरिएको उनले बताए ।
संस्थाले यस क्षेत्रका सरोकारवालाहरुसँग सहकार्य र सञ्जाल विस्तारमार्फत मानव बेचबिखन नियन्त्रणमा थप प्रभावकारी ढंगले काम गर्न सफल भएको परियोजना अधिकृत यादवले बताए । संस्थाका सामाजिक कार्यकर्ता निजामुद्धिन पठानको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका