विजयनगर गाउँपालिकाले ल्यायो ६६ कराेड ४८ लाखकाे बजेट

कपिलवस्तुकाे विजयनगर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ काे लागि ६६ कराेड ४८ लाख ४६ हजार ७ सय २७ रुपैयाँकाे बजेट सार्वजनिक गरेको छ ।
घनश्याम भर

विजयनगर, १० असार । कपिलवस्तुकाे विजयनगर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ काे लागि ६६ कराेड ४८ लाख ४६ हजार ७ सय २७ रुपैयाँकाे बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिकाकाे दाेस्राे सभाकाे साताैँ अधिवेशन (वर्षे अधिवेशन) बाट सर्वसम्मतले नीति तथा कार्यक्रमहरु ल्याएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाकी उपाध्यक्ष तथा सभा उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरीले निति तथा कार्यक्रमहरु प्रस्ततु गर्दै गाउँसभाले ल्याएका बजेटलाई कार्यान्वयनमा जाेड दिने बताइन् ।

गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले समृद्ध गाउँपालिका बनाउने हिसाबले लागेको बताए । चाैतर्फी विकासमा समानुपातिक ढंगले अगाडी बढेकाे उनलेे  जिकिर गरे ।

गाउँपालिकाले विनियोजन विधेयक र आर्थिक विधेयक गाउँसभामा पेश भएको प्रमुख प्रशासकीय अधिकृत शाेभाराम रिजालले जानकारी दिए ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका