जलवायु परिवर्तन :
सामान्यतया कुनै पृथ्वीको वायुमण्डलको तापक्रम,हावाको बहाब र वर्षातमा हुने घटबढका कारण पृथ्वी तथा यसको कुनै भागमा औसत मौसममा हुने परिवर्तनलाई जलवायु परिवर्तन भनिन्छ ।
पृथ्वीमा हाल अत्याधिक बढ्दै गएको औद्योगिकरणबाट कार्बनडाइअक्साइड(CO2), मिथेन (CH2),नाइट्रस अक्साइड जस्ता ग्यासहरूबाट वायुमण्डलमा एक प्रकारको तहको निर्माण हुन गएको छ।जसको काराण सुर्यको ताप र प्रकाश पृथ्वीमा आउने तर पृथ्वीको ताप वायुमण्डलमा निष्काशन हुन नसक्ने अवस्था उत्पन्न भएको छ।जसको कारण पृथ्वीको तापक्रम दिनप्रतिदिन बढ्दै जान थालेको कारण वर्षभरी हुने मौसम परिवर्तनको पुरानो तालिका परिवर्तन भइ विभिन्न समस्या देखिन थालेका छन् ।जलवायु परिवर्तन मुख्य गरि ३० वर्षको समयावधीको आधारमा मापन गरिन्छ ।
अहिलेसम्म मान्छेहरूले बनाएका भौतिक सामाग्रीको कुल तौलले पृथ्वीमा भएका सबै जीव जनावर र वनस्पतिको संयुक्त तौललाई उछिनेको छ। जसमध्ये मानव निर्मित वस्तु ( अलकत्रा देखि कंकृटसम्म प्लास्टिक देखि फलामसम्म) को कुल तौल अगाडी छ ।
अर्बौं वर्ष लामो इतिहास भएको पृथ्वीमा भर्खरै टुप्लुक्क देखा परेका मान्छेहरूले केवल २०० वर्षमा गरेको दोहनका कारण प्रलय निम्तिरहेको छ, निम्तिने जोखिम छ।रामापिथेकस, अस्ट्रेलोपिथेकस हुँदै अहिलेको (होमो सेपिन्स)को अस्तित्व यो पृथ्वीमा एक करोड देखि तीन लाख वर्ष जति मात्र भयो।रामायण र महाभारतकालिन सभ्यतालाई हेर्नेहो भने पनि पाँच देखि सात हजार वर्ष भन्दा पुराना छैनन यस बाट थाहा हुन्छ कि हामीले कति छिटो पृथ्वीलाई दोहन गरिरहेका रहेछौ।
दक्षिण एसिया भनौ या हिन्दुकुश – हिमालय शृङ्खलाबाट विस्वका २० ठुला नदि बग्छन पृथ्वीको झण्डै आधा जनसंख्या ती नदिमा/ नदीबाट बग्ने पानीमा आश्रीत छन खानेपानी सिचाई देखी सामाजिक,सास्कृतिक,धार्मिक सम्मका कामहरूको लागि नदी, ताल पोखरी बाट बग्ने पानीको उपयोग गरिरहेका छन।
नेपालमा जलवायु परिवर्तन
नेपाल विस्वमा स्वच्छ पानी पाइने देशमा दोश्रो र एसियामा पहिलो स्वच्छ पानी पाइने देशको रुपमा अवस्थित देश हो।करिब ८३% हिमाल पहाडले घेरिएको देश नेपाल मुलतः पहाडी मुलुकको रुपमा विस्वमा चिनिने गर्दछ । करिब तीन करोड छ लाख चौतिस जनसंख्या(२०७७ असार १७ जनसंख्या घडी केन्द्रिय तथ्यांक विभाग) भएको देशमा बसोबास गर्ने नेपालीहरूको लागि पानी तिनै हिमाल र पहाड बाट अटुट रुपमा बग्ने नदिहरू पानी मुख्य श्रोत हुन ।विस्वका आठ हजार मिटर भन्दा अग्ला १४ मध्ये ८ वटा हिमाल संगै २८ हिमशृङ्खला अन्तर्गत पर्ने झण्डै १३१० हिमालका चुचुरा लगायत अन्य धेरै यस्तै डाडाकाडा पहाड रहेका छन जुन पानीका मुख्य श्रोत हुन ,भने स्वच्छ वातावरणका लागि करिब ४३%वन क्षेत्र चाहिनेमा नेपालमा करिब( ४४.७६% वनजङगल ( वन सर्वेक्षण २०१४) रहेको छ जुन पानी संचितको लागि मुख्य श्रोत हो।नेपालमा करिब छ हजार नदिनाला ती नदिनालाको कुल लम्बाई करिब ४५०० हजार कि.मि तथा हजारौं तालकुण्ड,पोखरी सयौं झर्ना,भञ्ज्याङ्हरू भुमिगत पानीका श्रोतहरू पनि रहेका छन यिनिहरू पानीका महत्त्वपूर्ण श्रोत हुन
नेपालमा जलवायु परिवर्तनले पारेको मुख्य असर।
हिमालको हिउँ पग्लिन गइ हिमालहरू नाङ्गा डाडामा परिणत भएका, हिउँ धेरै पग्लेर हिम तालको विस्फोट हुने खतरा , जैविक विविधतामा नकारात्मक असर परेको,अतिवृष्टि,अनावृष्टि हुरिबतास हुनेगरेको, वर्षा समय नहुने, मुसलधारे पानी बढी पर्ने लामो खडेरी पर्ने,वन्जङ्गलमा आगो डडेलो लाग्ने, पानी पर्दा अनियंत्रित रुपमा पर्दा बाढी पहिरो, भूक्षय, भुकम्प, जलामुखी,हुने यसले गर्दा सतहीका पानीका मुहान भासिने सुक्ने गरेको, हिमाली क्षेत्रमा तापक्रम बढदै गएको तथा समग्र क्षेत्रमा तापक्रम दिनप्रतिदिन बढ्दै गएका, जाडो महिनाका दिन छोट्टिदैछनभने गर्मीका दिन रात बढ्दै छन, कृषिबाली कोशेबालिको पाक्ने समय फुल फुल्ने बिरुवा को फुल फुल्ने समयमा फेरबदल भैरहेको छ।यी मुख्य गरि जलवायु परिवर्तनले नेपालमा पारेको मुख्य असर हुन ।
जलवायु परिवर्तनलाई कम गर्न नेपालले गर्न सक्ने प्रयासहरू:
नेपाल आफैं जलवायु परिवर्तनको कारक नभएको र यसको मुख्य कारक औद्योगिक मुलुक G7,8G मुलुकहरू भएको हुँदा विस्वव्यापी दबाब सृजना गरि ती रास्ट्रहरूले उत्पादन गरिरहेको ग्रिन हाउस ग्यासमा(green house gas)कमि ल्याउनु पर्छ।नेपालले विस्वमा उत्सर्जित कुल हरित ग्यासको (०.००२७%) मात्र उत्सर्जन गर्ने भएता पनि यसको असर उच्च रुपमा व्यहोर्नु परेको छ ।नेपालले आन्तरिक रुपमा यो विस्वको जल्दाबल्दो समस्यासङ्ग जुध्न स्थानिय अनुकुल न जस्ता कार्यक्रम ल्यानुपर्दछ।विकासका पुर्वाधार निर्माण गर्दा भविस्यदर्षी/दीगो विकासलाई ध्यान दिनु पर्यो।शासन व्यवस्था संचालक गर्दा सुशासन कायम हुने शासन , वातावरणमैत्री विकास, विकास निर्माणका काम गर्दा जनसहभागिता, स्थानीय श्रोत र साधनको अधिकतम उपयोग गर्ने।वातावरण सरसफाइ, वृक्षरोपण, समाजमा शान्ति सुव्यवस्था कायम गरि जलवायु परिवर्तनको समस्या लाई न्यूनीकरण गर्न सम्पुर्ण जनता राज्य तहको तल्लो तह देखि माथील्लो तह सम्म सबैको सार्थक प्रयास र सहभागीता जनाइ, सबैको साझा विषय बनाइ हातेमालो गरेमा यसले पारेको असर न्यूनीकरण हुने देखिन्छ।









