हामीले चढ्ने सवारीसाधनको जोखिम बहन गराउन अनिवार्य बीमा गर्नुपर्छ भने मानिसको जीवन त अमूल्य छ । जन्मेकै दिन बीमा गर्ने योजना बनाउन जरुरी हुन्छ जसको कारण उसले भविष्यमा आफ्नो अभिभावकको सम्भावित जोखिम बहनबाट हुने क्षतिले उसको करियर बिगार्दैन । उच्च शिक्षा अध्ययनको लागि आर्थिक भार पर्दैन ।
जीवन अकाट्य छ त्यसैले दैनिकी सम्पादन गरिने हरेक कार्यको तालिकामा हामीले हाम्रो बचत, जोखिम बहन र परिवारको खुसी बिर्सनुहँुदैन । यो जीवन बीमाले सम्भव बनाएको छ जसमा ः आर्थिक सुरक्षाको साधन बुढेसकालको सहारा तथा बालबच्चाको शिक्षाको सहारा, बचत गर्न प्रोत्साहन शिक्षा, दीक्षा र विवाहको व्यवस्था, भविष्यको लक्ष्य पूरा गर्न सहयोग लाभदायक लगानी र सामाजिक प्रतिष्ठामा वृद्धि गराउने महत्वपूर्ण माध्यम जीवन बीमा हो ।
वि.सं.२०२९ मा राष्ट्रिय बीमा संस्थानले जीवन बीमा व्यवसाय थालनी गरेसँगै संस्थागत विकासको सुरुवात भएको हो । हाल नेपालमा १९ वटा जीवन बीमा कम्पनी रहेका छन् । नेपालमा जीवन बीमाको इतिहास त्यति लामो छैन ।
हामीले जीवनको एउटा बिन्दुमा पुगेपछि आफ्नो जीवनको योजना बनाउँछौं, हामी आफू र आफ्नो परिवारलाई कसरी सम्मुनत बनाउने त्यसमा वित्तीय योजना हुन्छ । जसमा दैनिक हुने खर्च, आम्दानी र बचतलाई आधार मानेर बनाइएको हुन्छ । यो योजनामा बीमालाई महत्वको साथ राख्नुपर्छ किनकी जीवन अमुल्य छ, अकाट्य छ । जन्मपछि मृत्य सत्य हो । हामीले बाँचिरहेको जीवन छिनमै के हुन्छ थाहा हुँदैन । यी सबै जिन्दगीमा आउने आर्थिक जोखिमलाई टार्नुको निमित्त आर्थिक जोखिम कसरी थाहा पाउने त ? मानौ एक परिवारको मुख्य व्यक्ति कुनै ठाउँमा काम गरेर मासिक ३० हजार कमाउँछन् भने त्यो रकम त्यो परिवारको भ्यालु रकम हो । आफ्नो परिवारको यदि त्यो व्यक्तिको जीवन तलमाथि भयो भने पारिवारिक जोखिम बढ्छ । यसकारण बचत भन्दा पहिला जोखिम न्यूनीकरण गर्नुपर्छ । त्यो भनेको बीमा हो । त्यस्तो जोखिमको व्यवस्थापन गर्न हामीले दैनिक खाने एक कप चियाको खर्चले पूर्ण जोखिम बहन गरेको हुन सक्छ । त्यो उमेरअनुसार तल माथि हुन्छ । हामीले गर्ने दैनिक रुपैयाँको बचतले हाम्रो जीवनको पुर्ण भार बहन गरेको हुन्छ, परिवारलाई मजबुत बनाएको हुन्छ ।
रोजगार व्यवसाय गर्नेहरुको लागि कर छुटको कुरा पनि छ । वार्षिक ४० हजारसम्म यो लाभ पनि लिन सकिन्छ । सरकारले निश्चित रकम वर्षमा बीमा गरेमा त्यसमा आयकर लगाउँदैन । भविष्यको सुरक्षा र बचतका लागि यो छुट सुविधा उपयोग गर्नलाई पनि उपयुक्त हुन्छ । अर्को कुरा सरकारी तथा संस्थागत क्षेत्रमा काम गर्नेहरुको लागि कोषको सुविधा हुन्छ तर जो आफ्नै व्यवसाय या अनौपचारिक क्षेत्रमा काम गर्छन्, उनीहरुका लागि अवकाशपछिको जीवन सहज पार्न पनि पेन्सन योजना जस्ता बीमा भएपछि सजिलो हुन्छ । जोखिम बहनको उपयुक्त माध्यमसँगै बीमा गरेको अवधि २ वर्ष पूरा भएको दिनबाट बीमा पोलिसी नै धितो राखेर तत्कालै ऋण प्राप्त गर्न सकिन्छ ।
अनिवार्य बचतको माध्यम जीवन बीमा हुने वा तपाईको परिवारको आर्थिक सुरक्षा स–सानो बचतलाई प्रोत्साहन गरी ठुलो सम्पति आर्जन गर्न सकिने दुर्घटना मृत्यु लाभ सुविधा प्राप्त गर्न स्थायी अशक्तता सुविधा प्राप्त गर्न जीवन बीमा अनिवार्य आवश्यकता हो ।
बीमा ऐन २०४९ अनुसार ‘जीवन बीमा व्यवसाय भन्नाले कुनै व्यक्तिको जीवनसम्बन्धमा निजको आयुका आधारमा किस्ताबन्दी बुझाउने गरी कुनै खास रकम तिरेमा निजले वा निजको मृत्यु भएको अवस्थामा निजको हकवालाले कुनै खास रकम पाउने गरी गरिने करारसम्बन्धी व्यवसाय सम्झिनुपर्छ ।’
नेपालमा जीवन बीमासम्बन्धी पूर्ण जानकारी र बीमाका फाइदाहरुको बारेमा ज्ञानको अभावले धेरै नेपालीहरु बीमाको दायरा भन्दा बाहिर छन् र बीमा गरेकाहरुको पनि पूर्ण बीमा भएको छैन । त्यसैले आजै बीमा गरौ । आफू र आफ्नो परिवारको भविष्य आजै सुनिश्चित गरौं ।
(केसी एलआईसी नेपालको अभिकर्ता हुन्)
दैनिकी गर्ने रुपैयाँको बचतले जीवनको जोखिम बहन गराउँछ

लक्ष्मी केसी








