सम्पादकीयः मानसिक स्वास्थ्य र हाम्रो समाज

गौतमबुद्ध सन्देश

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार विश्वभर प्रत्येक बर्ष ३० करोड मानिस मानसिक स्वास्थ्य सम्बन्धि समस्याबाट ग्रसित हुने गरेका छन् । नेपालमा पनि मानसिक स्वास्थ्य सम्बन्धि समस्या हुने मानिसको संख्या दिनहुँ बढीरहेको छ । बढ्दो प्रविधिको प्रयोग, खानपान तथा रहनसहनका कारण समुदायमा डिप्रेशनको समस्या बढ्दै गएको छ । अस्वस्थ प्रतिष्पर्धा, उच्च महत्वाकांक्षा जस्ता कारणले मानिसलाई चिन्ता हुँदै चितासम्म पु¥याइरह(ेको छ । खुशी र सन्तुष्टिका साथ बाँच्नका लागि मानिसको मानसिक स्वास्थ्य राम्रो हुनुपर्छ । तर खुशी र सन्तुष्टि पाउने लोभमा बढ्दो प्रतिष्पर्धा, ठूला ठूला सपना पुरा गर्ने उच्च महत्वाकांक्षाले झन् मानसिक स्वास्थ्यलाई असर गरिरहेको छ ।
बिगत केहि बर्षयता समाजमा विकासले निकै फड्को मारेको छ । सूचना प्रविधिको पनि द्रुततर विकास भैरहेको छ । प्रविधिको विकासले संसारलाई नै साँघुरो गराएको छ । गाउँ वस्तीहरु समेत तीव्ररुपमा शहरीकरण भैरहेका छन् । यति बिशाल पृथ्वी मानिसलाई सानो लाग्न थालेको छ र बसाई सर्नका लागि अन्य ग्रहहरुको खोजी गरिरहेको पाइन्छ । ठूला देशहरुलाई अझ ठूला र शक्तिशाली बन्ने, ठूला मानिसहरुलाई अझ धेरै ठूलो, शक्तिशाली र सम्पन्न बन्ने चाहनाले दौडाइरहेको छ । सम्पत्ति र खुशीको सीमा के हो भन्ने समेत बिर्सेर मानिसहरु त्यसका पछि दगुरिरहेका छन् । यस्तै प्रतिष्पर्धाले ब्यक्ति ब्यक्तिमा, परिवार परिवारमा र समाजमा अशान्ति, असन्तुष्टि बढ्दो छ । अशान्ति र असन्तुष्टिले मानिसलाई क्रमशः डिप्रेशनतिर लगिरहेको छ । आफ्नो मन र मष्तिष्कलाई नियन्त्रणमा राख्न नसक्दा मानिसहरु डिप्रेशनको शिकार बनिरहेका छन् । डिप्रेशनले मानिसलाई आत्महत्याको बाटोमा लगिरहेको छ र संसारभर प्रति ४० सेकेण्डमा एक जनाले आत्महत्या गर्ने गरेका छन् । परिवार वा समाजमा मानसिक समस्यमा परेका वा डिप्रेशन भएका मानिसलाई हेर्ने दृष्टिकोण सकारात्मक छैन । समयमै उपचार गरे वा मानसिक स्वास्थ्यमा समस्या रहेको बिषयलाई बुझेर गंभीरतापूर्वक लिएमा यो समस्या सामान्य हुन्छ भने यसलाई बुझ्न सकिएन भने परिवारलाई नै यसले समाप्त पारिदिन्छ । तसर्थ मानसिक स्वास्थ्य समस्यालाई सामान्य स्वास्थ्य समस्याको रुपमा लिएर चिकित्सकको परामर्शमा जानु आवश्यक छ । प्रत्येक घरमा यस्ता समस्या देखिन सक्छन् । प्रेम, पढाई, रोजगारी वा ब्यवसायमा असफल हुने, महत्वाकांक्षा पूरा नहुने जस्ता कारणले एकान्तबास मन पराउने, समुदायमा हेलमेल हुन नखोज्ने, झोक्राउने जस्ता समस्या देखिए भने मानसिक स्वास्थ्य समस्याको लक्षण हुन सक्छ । यसलाई गंभीरतापूर्वक लिएर चिकित्सकको परामर्शमा जानुपर्छ । यस्तो समस्या भएका मानिसलाई परिवार र समाजले हेर्ने दृष्टिकोण पनि सकारात्मक हुन जरुरी छ । कसैले चाहेर मानसिक समस्या हुने वा समस्याबाट मुक्त हुने हुँदैन । जसरी रक्तचाप, मधुमेह वा अन्य रोगहरुको संक्रमण देखिन्छ, मानसिक स्वास्थ्य समस्या पनि यस्तै खालको एउटा रोग हो भन्ने बुझेर यस्तो समस्यामा परेका मानिसहरुप्रति सकारात्मक दृष्टिकोण राखौं, माया, ममता र सद्भावले नै रोगीलाई रोगमुक्त हुन सहयोग पु¥याउँछ ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका