करदाता सेवा कार्यालयहरू खारेज, नवलपरासीमा कोलेनिकाबाट सेवा शुरु

आन्तरिक राजस्व कार्यालय, भैरहवा, रुपन्देही अन्तर्गत करदाता सेवा कार्यालय, परासीले प्रवाह गर्दै आएको सेवाहरू बिहीबारदेखि कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) बाट शुभारम्भ भएको छ ।
गौतमबुद्ध सन्देश

भैरहवा, २५ पुस । आन्तरिक राजस्व कार्यालय, भैरहवा, रुपन्देही अन्तर्गत करदाता सेवा कार्यालय, परासीले प्रवाह गर्दै आएको सेवाहरू बिहीबारदेखि कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) बाट शुभारम्भ भएको छ ।

नवलपरासी (बसुप) का प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालले करदाता (सेवाग्राही) लाई कर चुक्ता प्रमाणपत्र प्रदान गरी सेवा शुभारम्भ भएको आन्तरिक राजस्व कार्यालय, भैरहवाका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले बताउनुभयो । नेपाल सरकार मन्त्रीपरिषद्ले २०८२ कार्तिक १७ गते करदाता सेवा कार्यालयहरू खारेज गर्ने निर्णय गरेकोले उक्त कार्यालयको सेवा कोलेनिकाबाट सुरु भएको पोख्रेलले जानकारी दिनुभयो ।

सेवा शुभारम्भ कार्यक्रममा प्रमुख कोष नियन्त्रक कमल सापकोटा, आन्तरिक राजस्व कार्यालय, भैरहवाका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेल, करदाता सेवा कार्यालय, परासीको प्रमुख माया पन्थी लगायतको उपस्थिति थियो ।

करदाता सेवा कार्यालय परासीबाट सम्पादन हुँदै आएका सेवाहरू करदातालाई सहज, शीघ्र, चुस्तदुरुस्त र प्रभावकारी रूपमा प्रवाह गर्न कोलेनिका प्रतिबद्ध रहेको र सोहीअनुसार सेवा प्रवाह गरिने प्रमुख कोष नियन्त्रक सापकोटाले बताउनुभयो ।

करदातालाई प्रदान गरिने सेवाको सुनिश्चितता र आवश्यक समन्वयका लागि कोलेनिका र आन्तरिक राजस्व कार्यालय, भैरहवाले एक–एक जना अधिकृतस्तरको कर्मचारीलाई ‘जिम्मेवार व्यक्ति’ तोकेको र सेवा प्रवाहमा करदाताबाट कुनै किसिमको गुनासो आउन नदिन आफूहरू प्रतिबद्ध रहेको प्रमुख कर अधिकृत पोख्रेलले बताउनुभयो । करदाताहरूलाई विश्वस्त रहन उहाँले आग्रह गर्नुभयो । साथै सेवा प्रवाह गर्ने प्रक्रियामा कुनै समस्या आएमा आन्तरिक राजस्व कार्यालय, भैरहवाबाट अनलाइन प्रणालीबाट तत्काल समाधान गरिने प्रमुख कर अधिकृत पोख्रेलले बताउनुभयो ।

करदाता सेवा कार्यालय, परासीको कार्यक्षेत्र अन्तर्गत करिब २८ हजार बढी करदाता र कार्यक्षेत्र नवलपरासी (बसुप) रहेको थियो ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका