रुपन्देही–३ को मतगणना भैरहवा नमुना माविमा हुने

भैरहवा, फागुन । निर्वाचन आयोग नेपाल, मुख्य निर्वाचन अधिकृतको कार्यालय, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. ३, रुपन्देहीले मतगणना स्थल तोकेको सम्बन्धी सूचना प्रकाशित गरेको छ।

कार्यालयले जारी गरेको सूचनाअनुसार रुपन्देही जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. ३ मा सम्पन्न हुने निर्वाचनको मतगणना कार्य भैरहवा नमुना माध्यमिक विद्यालय, सिद्धार्थनगर नगरपालिका–५ मा गरिने भएको छ।

सूचनामा सबै मतदान केन्द्रमा मतदान कार्य सम्पन्न भई मतपेटिका सुरक्षित रूपमा संकलन भएपछि तोकिएको स्थानमा मतगणना गरिने उल्लेख गरिएको छ। साथै मतगणना सुरु हुने मिति र समयबारे आवश्यक जानकारी पछि सार्वजनिक गरिने जनाइएको छ।

मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतद्वारा हस्ताक्षरित उक्त सूचनामा सम्बन्धित सबै पक्षलाई जानकारीका लागि प्रकाशन गरिएको उल्लेख छ।

spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img

सर्वाधिक पढिएका