भैरहवा । संविधान सभा सदस्य तथा नेपाली कम्युनिस्ट पार्टी नेकपा का केन्द्रीय सदस्य बिनोद पहाडी नेकपा एमालेमा प्रवेश गर्नु भएको छ ।
नेपाल दलित पत्रकार संघका अध्यक्ष समेत रहनु भएका दलित अभियन्ता पहाडीलाई एमाले उपाध्यक्ष तथा रुपन्देही क्षेत्र न २ का उमेदवार बिष्णु पौडेल, एमाले सचिब छबिलाल बिश्वकर्मा, पुर्व नुख्यमन्त्री लीला गिरीलगायतले स्वागत गर्नुभयो ।
सो अवसरमा नेकपा बुटवल नगर सदस्य सरोज गौतम, जनक गौतम पनि एमाले प्रवेश गर्नुभएको छ ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै एमाले उपाध्यक्ष पौडेलले पार्तीले क्षमता योग्यता र अनुभवको कदर गर्दै उचित जिम्मेवारी दिइने जानकारी बनाउनु भयो । पत्रकारिता, दलित मुक्ती अभियान र असल राजनीतिज्ञ समेत रहनु भएका पहाडी सहितका अगुवाको पार्टी प्रबेशले एमालेको जित सुनिस्चित बनेको उल्लेख गर्नुभयो ।
सो अवसरमा बोल्दै पहाडीले एमालेमाथि चौतर्फी आक्रमण भैरहेको हुदा देश बचाउन एमालेलाई बलियो बनाउन प्रवेश गरेको जानकारी दिनुभयो ।
आफु एमालेमा नया नभएको, बिचार र दृष्टिकोण मिलेको उल्लेख गर्दै निर्वाचनमा एमाले उमेदवारलाई जिताएर आयातित बिदेशी शक्तीलाई परास्त गर्न आग्रह गर्नुभयो । आफु कुनै पद या लाभका लागि एमाले प्रबेस नगरेको प्रष्ट पार्दै उहाँले आफु भुई मान्छेको प्रतिनिधित्व गर्दै एमालेलाई बलियो बनाउने अभियानमा लाग्ने बताउनु भयो ।
एमाले जिल्ला अध्यक्ष यज्ञ गैरे, बाबुराम पन्थी लगायतले बोल्नु भएको थियो ।






