बासुदेव घिमिरेको सुशासन र विकासको प्रतिबद्धता

भैरहवा, १२ फागुन । नेकपा (एमाले) का तर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बासुदेव घिमिरेले सुशासन कायम, भ्रष्टाचार नियन्त्रण र सन्तुलित विकासप्रति आम नागरिकले ठूलो अपेक्षा राखेको बताउनुभएको छ। ती अपेक्षालाई पूरा गर्न आफू डटेर नेतृत्व गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।

एमाले रुपन्देही क्षेत्र नम्बर ३ अन्तर्गत सिद्धार्थनगर नगरपालिका–६ मा स्थापना गरिएको निर्वाचन परिचालन तथा प्रचारप्रसार कार्यालयको उद्घाटन गर्दै घिमिरेले यस क्षेत्रसँग जोडिएका समग्र विकासका कामको नेतृत्व गर्ने बताउनुभयो।
“यहाँहरूले मलाई जिताएर पठाएपछि पुनः संघीय सांसदका रूपमा काम गर्ने अवसर पाउनेछु। अवसर पाएपछि जिम्मेवारीपूर्ण ढंगले भूमिका निर्वाह गर्नेछु। राम्रो र जनमैत्री कानून निर्माणमा मेरो सक्रिय भूमिका रहनेछ,” उहाँले भन्नुभयो।

घिमिरेले यस क्षेत्रका नागरिकले भोग्दै आएका विविध समस्यालाई संसद्मा प्रभावकारी रूपमा उठाउने र समाधानका लागि पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। एमालेले अघि सारेका नीति र लक्ष्यले देशलाई विकासको मार्गमा अघि बढाउने दाबी गर्दै उहाँले आगामी फागुन २१ गते हुने निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन मतदातासँग आग्रह गर्नुभयो।

कार्यक्रममा एमाले क्षेत्रीय कमिटी सदस्य तथा वडा निर्वाचन परिचालन समितिका संयोजक राम दयाल गुप्ताले घरदैलो अभियानका क्रममा मतदातामा बासुदेव घिमिरेप्रति सकारात्मक धारणा देखिएको बताउनुभयो। उहाँका अनुसार तिलोत्तमा नगरपालिकाका संस्थापक नगरप्रमुखका रूपमा घिमिरेले सफल नेतृत्व प्रदान गर्दै नगरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन योगदान पुर्‍याउनुभएको थियो।

गुप्ताले २०७९ सालमा रुपन्देही क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा अत्याधिक मतका साथ निर्वाचित घिमिरे विकासप्रेमी नेताका रूपमा परिचित रहेको उल्लेख गर्नुभयो।

एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य राजेन्द्र प्रसाद पन्थीको प्रमुख आतिथ्यता, सिद्धार्थनगर–६ कमिटीकी उपाध्यक्ष अनिता थापाको स्वागत तथा अध्यक्ष मदन प्रसाद पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।
यसैक्रममा मंगलबार वडा नम्बर ६ का विभिन्न टोलमा घरदैलो कार्यक्रम सञ्चालन गरिएको वडा कमिटीका सचिव आनन्द प्रसाद न्यौपानेले जानकारी दिनुभयो।

spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img

सर्वाधिक पढिएका