भैरहवा, ८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को उपस्थितिमा फागुन ९ गते शनिबार अञ्चलपुरस्थित भैरहवा प्रदर्शनीस्थलमा आयोजना हुने तय गरिएको आमसभा परिवर्तन उद्घोष सभा) स्थगित भएको छ।
पार्टी नेता महेन्द्र गुप्ता (प्रशान्त) का अनुसार विशेष कारणवश निर्धारित मितिमा कार्यक्रम सञ्चालन गर्न नसकिने भएपछि आमसभा अर्को मितिका लागि सारिएको हो । नयाँ मिति छिट्टै सार्वजनिक गरिने जनाइएको छ ।
कार्यक्रमको तयारी लगभग पूरा भइसकेको अवस्थामा स्थगनको निर्णय भए पनि समर्थक तथा कार्यकर्तालाई धैर्य गर्न आग्रह गरिएको छ ।
रास्वपाले आमसभामार्फत समसामयिक राजनीतिक विषयमा धारणा राख्ने र आगामी रणनीति सार्वजनिक गर्ने तयारी गरेको थियो । अब सो कार्यक्रम पुनः तय हुने मितिमा आयोजना गरिने पार्टीले जनाएको छ ।






