मतदाताको खुला अभिव्यक्तिले रुपन्देही–३ को चुनाव रोचक बन्दै

भैरहवा । निर्वाचन आयोगको आचार संहिता अनुसार फागुन ४ गते यता देशैभर उम्मेदवार र पाटिका नेता कार्याकर्ताले मतादाताहरुसँग मत मागिरहेका छन् । यो क्रम फागुुन १८ गते सम्म चल्ने छ । त्यसपछि आयोगकै कारण रोकिने छ । निर्वाचनको समयमा आफ्ना उम्मेदवारलाई नेता, कार्यकर्ताले मत माग्नुु, उम्मेदवार स्वयंले आफुुलाई भोट दिन आग्रह गर्नुु अधिकार हो । तर रुपन्देही क्षेत्र नम्बर ३ भैरहवाका मतादाताहरु भने आफ्नो मत कसलाई दिने भने प्रचार गर्न थालेका छन् ।
उक्त क्षेत्रमा ३३ जना उम्मेदवारहरु चुनाबी मैदानमा छन् । धेरै जना उम्मेदवारहरु मध्ये कसलाइ मतदान गर्ने भन्ने अन्यौलता रहिरहेको बेला केहि मतादाताहरुले अब अन्यौलतामा बस्न नहुुने भन्दै उम्मेदवारको पक्षमा खुल्न थालेका छन् । दशकौदेखि वकालत गर्दै आएका अधिवक्ता मोहन देउजाले भने, ‘मतदान गोप्य रुपमा गरिने विषय हो । तर गोप्य मतदानलाई प्रभावित गर्नेगरी केहि मानिसहरुले सामाजिक सन्जालमा भ्रम सृजना गर्ने, हाम्रो मतको ठेक्का लिने प्रवृति बढेकोले अब मतादाताले नै खुलेर प्रचार गर्ने बेला आएको छ । ’
जिल्ला अदालत रुपन्देही बारका पुर्व अध्यक्ष समेत रहेका देउजाले मतादाताले उम्मेदवारको आफै प्रचार गर्ने बेला आएको बताए झै अडिटर चन्द्रकान्त भट्टाराईले भने आफुले आसन्न फागुुन २१ को निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट उम्मेदवार रहेका बासुुदेव घिमिरेलाई मतदान गर्ने बताए । उनले भने, ‘अब मतदान गोप्य भनेर मौन बस्नुु गलत हुन्छ । किनकी सामाजिक सन्जालमा धेरै अफबाह फैलीन थाल्यो । सत्यलाई विभिन्न जालझेल गरेर छेक्न थालियो । यस्तो बेला चुुप लागियो भने झनै गलत हुन्छ । ’
अडिटर एशोसियन रुपन्देहीका पूर्व अध्यक्ष समेत रहेका भट्टाराईले रुपन्देही ३ का मतादातालाई आग्रह गर्दै भने, ‘मैदानमा रहेका उम्मेदवारहरुको विगतको पृष्ठभूमि, राजनीतिप्रतिको निष्ठा, विकासप्रतिको दृष्टिकोण सबैै हेर्दा एमालेका उम्मेदवार घिमिरेलाई मतदान गर्नुु पर्दछ । सामाजिक सन्जालको भ्रममा परियो भने हामी ठूलो नोक्सानी ब्यहोर्नुुपर्नेछ । ’
सेवा निवृत्त प्रहरी अधिकृत तुलसीराम पराजुलिले पनि अब खुलेर भन्ने बेला आएको बताए । उनले भने, ‘मतदान गोप्य हो तर समयले मत कसलाई दिने हो भनेर खुल्न बाध्य गराईरहेको छ । यसैले मैले सार्वजनिक रुपमै घिमिरेलाई मतदान गर्ने र सबैलाई सोहि अनुुसार गर्न पनि आग्रह गर्दछुु । ’
मतदान जस्तो गोप्य विषयमा मतादाताहरु खुुलेर यसलाई मत दिन्छुु, उसलाई मत दिन्छुु भन्ने विषय सामाजिक सन्जालको भ्रमलाई चिर्न बाध्यताबशः आएको हुन सक्ने जिल्ला अदालत बार रुपन्देहीका पूर्व अध्यक्ष लोकनाथ पन्थले बताए । एआईको प्रयोग गरेर भए नभएको प्रचार गर्दा मतादाताहरुलाई झनै अन्यौलता परिरहेको छ । यसैले सचेत मतादाताहरु कुन उम्मेदवार कस्तो हो, रुपन्देही ३ कोलागि कस्तो उम्मेदवार उपयुक्त हो भनि आफ्नो धारणा राख्नुु गलत नभएको अधिवक्ता पन्थको तर्कछ । उनले भने, ‘अरु मतादाताको कुरै छाडौ म स्वयं पनि आसन्न २१ गतेको निर्वाचनमा रुपन्देही ३ का ३३ जना उम्मेदवारको सबै पक्ष केलाउँदा सबैभन्दा उपयुुक्त उम्मेदवार घिमिरे भएको निश्कर्षमा पुुगेको छुुु। ’
यसरी मतादाताहरु नै उम्मेदवारको पक्षमा खुुल्न थालेपछि रुपन्देही ३ को निर्वाचन झनै रोचक बन्ने देखिएको छ ।
विगतमा पनि मतादाताहरु सचेत नभईदिदा रुपन्देही ३ मा बाहिर चर्चा गरेभन्दा फरक चुनाबी परिणाम आएको थियो । ०७९ सालको प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा एक शब्द पनि नबोलेका उम्मेदवारले जितेका थिए । त्यो समयमा एमाले, राप्रपा र जसपाका तर्फबाट साझा उम्मेदवार रहेका दीपक बोहोराले एक शब्द नबोलि निर्वाचन जितेका थिए । उनी पोस्ट कोभिढको कारण बोल्न सक्दैनथेँ । त्यसैले उनले नबोलि जितेका थिए । त्यो समयमा कांग्रेस, माओवादी, नेकपा एस र लोसपाका तर्फबाट साझा उम्मेदवार रहेका बहालवाला गृहमन्त्री बालकृष्ण खाण पराजित भएका थिए । बोहोराले एक शब्द नबोलि २ हजार ६ सय ८१ मतान्तारले सत्ता गठबन्धनका शक्तिशालि गृहमन्त्रीलाई पराजित गरेर इतिहाँस नै रचेका थिए । ०७९ सालमा भाषण त के एक शब्द बोल्दै नबोलेका उम्मेदवारको चुनाबी कार्यक्रम र भाषण त्यो बेला आम सञ्चार तथा सामाजिक सन्जालमा आक्रमक रुपमा प्रचार गरिदा मतादाताले मत दिएको अहिले चर्चा गर्न थालिएको छ । त्यो बेलाको निर्वाचनबारे टिप्पणी गर्दै राजनैतिक विश्लेषक भरत पोखरेल भन्छन, ‘त्यो बेला दीपक जीले चुनाब जित्नुुको मूल कारण एमालेको प्रतिबद्ध मत नै हो । एमालेको रणनीति, कार्याकर्ताको खटनपटन अर्को महत्वपुर्ण पक्ष हो । त्यो समयमा उहाँ स्वास्थयको कारण बोल्न सक्नुुहुुदैन्थ्यो तर त्यो बेला आमसञ्चारमा उहाँका हरेक गतिविधी र चुनाबी कार्यक्रमलाई प्राथमिकताकासाथ प्रकाशन तथा प्रशारण गरेर महत्व दिईयो । जसले गर्दा आम मतादाताले उहाँको बोलि नसुुनेपनि रेडियो, टिभि, पत्रिका , अनलाईनमा पढेर , सुुनेर विश्वास गरी मत दिएका हुन् । ’
रुपन्देही क्षेत्र नम्बर ३ मा रहेका १ लाख ४० हजार ३५ जना मतादाताले ३६ जना उम्मेदवार मध्ये कसलाई मतदान गर्छन त्यो फागुन २१ गते पछि नै थाहाँ होला । तर अहिले सम्मको माहौल हेर्दा निर्वाचनमा होमिएका स्वयं उम्मेदवार नै एमाले उम्मेदवार घिमिरेको पक्षमा देखिएका छन् । महन्थ ठाकुुर, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका तर्फबाट उम्मेदवार भई घरदैलो गरिरहेका श्रीनिवास यादवले आफ्नो उम्मेदवारी निश्क्रीय बनाई एमाले उम्मेदवार घिमिरेलाई समर्थन गर्ने घोषणा गरेका छन् । यसैगरी स्वतन्त्र उम्मेदवार मोहमद मुुर्तुुजाले पनि उम्मेदवारी फिर्ता लिई घिमिरेलाई समर्थन गरेका छन् । यसैगरी बाबुुराम भट्टराई, सुदन किराती नेतृत्वको प्रलोपाले पनि घिमिरेलाई समर्थन गर्ने निर्णय गरेको छ । यसरी चुनाबी मैदानमा रहेका उम्मेदवारहरु नै आफ्नो उम्मेदवारी निश्क्रीय बनाई समर्थन गर्नुु र स्वयं मतादाताले उम्मेदवारको पक्षमा खुुलेर प्रचार थाल्नुुले घिमिरे रुपन्देही ३ मा अन्य प्रतिसपर्धि भन्दा बलियो हुुदै गएका छन् ।

spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img

सर्वाधिक पढिएका