कविता

गौतमबुद्ध सन्देश
सहिदप्रति श्रद्धा !
योद्धा थियौ गहन युद्ध सगर्व गर्ने
त्याग्नै थियो तब शरीर रहेन सर्ने ।
होस् सम्झना हृदयमा छ समान घेरो
श्रद्धार्चना सहिदमा छ अखण्ड मेराे ।१।
नाच्थ्यो स्वतन्त्र पथमा विजयी विचार
के हो प्रबुद्ध अथवा कति खुल्छ सार
अज्ञानको जय नहोस् न रहोस् अँध्यारो
श्रद्धार्चना सहिदमा छ अखण्ड मेराे ।२।
नेपालको जग बचोस् बरु थाप्छु गोली
यो जन्म सार्थक रहोस् नभनेर भोलि
आमासमान जग यो जति लाग्छ प्यारो
श्रद्धार्चना सहिदमा छ अखण्ड मेराे ।३।
देखेन देह कसरी अविलम्ब केमा
पड्केर बारुद तिमी रगताम्य जेमा
आँखा रसाउँछ रुँघेर सधैँ कटेरो
श्रद्धार्चना सहिदमा छ अखण्ड मेराे ।४।
हो क्रूरतन्त्र अथवा परिवेश कालो
जस्तो थिएन रविको बलमा उज्यालो
यस्तो बुझेर कविमा जति जान्छ पैह्रो
श्रद्धार्चना सहिदमा छ अखण्ड मेराे ।५।
हाँसी सरासर त्यहाँ जब मृत्यु नाच्यो
तिम्रो तिमी तब त्यसै बलसाथ बाँच्यो
जे सम्झना जति दिऊँ बलमा उकेरो
श्रद्धार्चना सहिदमा छ अखण्ड मेराे ।६।
सम्मानमा अघि हुने छ असाध्य कर्म
हारेर मर्न नपरोस् पछि पार्न धर्म
सम्झी यहीँ दिवस मान्न पुगी पँधेरो
श्रद्धार्चना सहिदमा छ अखण्ड मेराे ।७।
भैरहवा , रुपन्देही
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका