भैरहवा ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघका कोषाध्यक्ष रुपमाखर गौतमले व्यवसायीहरूको साझा संस्था महासंघमार्फत ट्रक यातायात क्षेत्रका समस्या समाधान र हकहित संरक्षणका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका छन् । लुम्बिनी ट्रक यातायात व्यवसायी संघ रुपन्देहीले राखेको शुुभकामा तथा स्वागत कार्यक्रममा बोल्दै गौतमले नीतिगत जटिलता, कर प्रणाली, ढुवानी खर्च, सुरक्षा तथा श्रमिकका विषयमा व्यवसायीहरूले भोग्दै आएका समस्यालाई सम्बन्धित निकायसँग समन्वय गरी समाधानका लागि पहल गर्ने बताए ।
गौतम महासंघको १७ औँ साधारणसभा तथा ८ औँ महाधिवेशनबाट केन्द्रीय कोषाध्यक्ष पदमा निर्वाचित भएका थिए । उनी लुम्बिनी ट्रक यातायात व्यवसायी संघ रुपन्देहीका अध्यक्ष हुन् । कार्यक्रममा लुम्बिनी ट्रक यातायात व्यवसायी संघ रुपन्देहीका संस्थापक अध्यक्ष विष्णुप्रसाद खरेलले नवनिर्वाचित केन्द्रिय कोषाध्यक्षलाई बधाई तथा शुभकामना व्यक्त गर्दै ट्रक यातायात व्यवसायीहरूको हकहित र अधिकार संरक्षणका लागि जिम्मेवार ढङ्गले अघि बढ्न निर्देशन गरे । उनले देशको आर्थिक गतिविधिसँग प्रत्यक्ष रूपमा जोडिएको ढुवानी तथा यातायात क्षेत्रलाई व्यवस्थित र सुरक्षित बनाउन महासंघको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा ढुवानी व्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष माधव नेपाल, महासंघका पदाधिकारी, सदस्य, सल्लाहकार तथा विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूले नवनिर्वाचित नेतृत्वलाई शुभकामना दिएका थिए । कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ । देशभरका ट्रक तथा ढुवानी व्यवसायीहरूको सहभागितामा सम्पन्न महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै महासंघलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघको कोषाध्यक्षमा रुमाखर गौतम

गौतमबुद्ध सन्देश








