२८ पुस, काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आज हुँदैछ । आइतबार साँझ अबेरसम्म उद्घाटन सत्र सञ्चालन भएपछि आज बन्दसत्र सुरु हुन लागेको हो ।
बिहानको खाजापछि बन्दसत्र सुरु गरिने महाधिवेशन व्यवस्थापन सचिवालयले जनाएको छ । ढिलोमा १० बजेदेखि बन्दसत्रका कार्यक्रम सुरु हुनेछन् ।









