चिसोबाट बचौं

गौतमबुद्ध सन्देश

चिसो दिनहुँ बढिरहेको छ । चिसोबाट जोगिन सकियो भने धेरै रोगबाट बच्न सकिन्छ । यो मौसममा खास गरी बालबालिका र वृद्धवृद्धा बढी प्रभावित हुन्छन् । चिसो समयमा बालबालिकाको हेरचाह महत्वपूर्ण कुरा हो । चिसोले गर्दा बालबालिकालाई निमोनियालगायतका रोगहरु देखा पर्न सक्छन् । युवालाई चिसोमा कुनै रोग लाग्दैन, उनीहरूले स्वास्थ्यको ख्याल गर्न पर्दैन भन्न खोजेको भने होइन । तर, मलाई केही भएको छैन म ठीक छु भन्दै बेवास्ता गरियो भने यसको असर अझ बढी पर्छ । त्यसैले मान्छेको शारीरिक अवस्था हेरेर मान्छे अनुसार फरकफरक समस्या देखिन थाल्छ । त्यसैले सबैले स्वास्थ्यको ख्याल राख्नुपर्छ ।

जाडो मौसममा मानिसहरु रुघाखोकीसहित विभिन्न स्वास्थ्य समस्याले सताउँछ । चिसोबाट बच्न विभिन्न सावधानी अपनाउन आवश्यक हुन्छ । भनिन्छ, रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिनु नै वेश हुन्छ । चिसोमा झोलिलो पदार्थमा जोड दिनुपर्छ । चिसोमा पानी कम पिउनाले स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले तातो पानी र झोलिलो पदार्थमा जोड दिनुपर्छ । त्यस्तै चिसोमा न्यानो कपडामा जोड दिनुपर्छ ।

चिसोबाट बच्ने पहिलो उपाय भनेको बाक्लो तथा न्यानो लुगा लगाउने नै हो । विशेष गरी, मोटरसाइकल, स्कुटर चलाउनेहरुलाई सिधा छातीमा असर गर्ने भएकाले छाती बचाउन चेस्ट गार्ड र हावा नछिर्ने ज्याकेटको प्रयोग गर्नुपर्छ । चिसोमा सरुवा रोगबाट बच्न सरसफाइमा ध्यान दिनुपर्छ ।

चिसोका कारण भन्दै झ्याल ढोका थुन्ने अनि कोठाभित्र आगो र हिटर बालेर बस्ने चलन पनि छ । त्यसले कार्वनमोनोअक्साइड कोठाभरी फैलिंदा भारी भए जस्तो हुने, टाउको दुख्ने, निसास्सिए जस्तो महसुस हुने, श्वास फेर्न गाह्रो हुने र मानिस बेहोस भइ मृत्यु हुन सक्ने जोखिम पनि हुन्छ । चिसोमा हिटर बाल्ने क्रममा सावधानी नअपनाउँदा निस्सासिएर मृत्यु भएका घटना वर्षेनी सुनिन्छन् । चिसो मौसममा आगो ताप्दा जति न्यानो हुन्छ, जोखिम पनि त्यत्तिकै हुन्छ । यसतर्फ पनि ध्यान दिन आवश्यक छ । –सम्पादकीय

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका