भैरहवा, २२ पुस । रुपन्देहीका उद्योगी फुल सिंह क्षेत्रीलाई मातृशोक परेको छ । क्षेत्रीको आमा बिष्णु कुमारी क्षेत्रीको ९९ वर्षको उमेरमा रुपन्देहीको ओमसतिया गाउँपालिका–२ स्थित निवासमा मंगलबार बिहान ११ः३० बजे निधन भएको हो।
लुम्बिनी साँस्कृतिक नगरपालिका–१ स्थित भगवानपुरमा उहाको जन्म भएको थियो । स्व. बिष्णु कुमारी क्षेत्रीको भैरहवास्थित स्वर्गद्वारी घाटमा दाहसंस्कार गरिएको छ । स्वर्गीय बिष्णु कुमारीको एक छोरा र एक छोरी हुनुहुन्छ ।
उद्योगी क्षेत्रीलाई मातृशोक

गौतमबुद्ध सन्देश








