भैरहवा, ११ पुस । गौतमबुद्ध मिडिया प्रा.लि. को १० औं बार्षिक साधारण सभा शुक्रबार भैरहवामा सम्पन्न भएको छ ।
साधारण सभामा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै प्रा.लि.का अध्यक्ष खिमबहादुर खत्रीले बिगत ११ बर्षदेखि नियमित रुपमा प्रकाशन हुँदै आएको गौतमबुद्ध सन्देश दैनिक पत्रिकाको प्रकाशन चुनौतिपूर्ण बन्दै गएको बताउनु भयो । निष्पक्ष र मर्यादित पत्रकारिता गर्दै जिल्ला सदरमुकाम सिद्धार्थनगर भैरहवाबाट प्रकाशित हुँदै आएको एक मात्र दैनिक पत्रिकालाई नियमित प्रकाशन गर्न सबै क्षेत्रबाट सहयोगको खाँचो औल्याउँदै उहाँले पत्रिकासँगै अनलाईन सेवामार्फत जनतालाई सत्य तथ्य सूचना दिनुपर्नेमा जोड दिनुभयो ।
संस्थाका संचालक नारायणप्रसाद भण्डारीले स्वागत मन्तब्य ब्यक्त गर्दै पत्रिकाको भविष्यलाई लिएर चिन्ता ब्यक्त गर्दै यसको नियमित प्रकाशन आवश्यक रहेको बताउनुभयो ।
साधारण सभामा संचालक सुरेन्द्र बस्यालले गत आर्थिक बर्षको लेखा परीक्षण प्रतिवेदन, नाफा नोक्सान हिसाव तथा वासलात पेश गर्नुभएको थियो ।
सो अवसरमा शेयरधनी अनिल ज्ञवालीले इतिहास बोकेको गौतमबुद्ध सन्देश र अनलाईन नियमित प्रकाशन गर्नुपर्ने र सम्पूर्ण ब्यवस्थापन पत्रकारहरुबाटै भयो भने नियमित हुन सक्ने बताउनुभयो ।
शेयरधनी शंकर ज्ञवालीले सबै क्षेत्रको प्रतिनिधित्व रहेको टीम रहेको गौतमबुद्ध सन्देश लोभलाग्दो पत्रिका भएको उल्लेख गर्दै महत्वाकाँक्षी हुँदा समस्या उत्पन्न भएको बताउनुभयो ।
सो अवसरमा संचालक चोपलाल आचार्य, शेयरधनी प्रेम बेल्बासे, रामप्रसाद भण्डारी, सुरेन्द्र पाण्डेय, रविन्द्र गुप्ता, केशवराज ज्ञवाली, डा.ऋषिराम शर्मा, चन्दमणि अधिकारी, शंकर ज्ञवाली, डा.ऋषिराम शर्मा, चन्द्रमाणि अधिकारी, प्रमोद ज्ञवाली, मृगेन्द्र श्रेष्ठलगायतले बोल्दै पत्रिकाको निरन्तरताको लागि सबै शेयरधनीहरु लाग्नुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष खिमबहादुर खत्रीको अध्यक्षता, संचालक शोभाकान्त नेपालको धन्यवाद ज्ञापन र शेयरधनी रामचन्द्र रेग्मीको संचालनमा भएको साधारण सभाले अध्यक्षको प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन पारित गर्नुका साथै चालु आर्थिक बर्षको लागि लेखा परीक्षकको नियुक्ती समेत गरेको छ ।
साधारण सभामा पत्रिकाका सम्पादक कुलमणि ज्ञवाली, सहसम्पादक रविन्द्र गुप्ता, कार्यकारी प्रमुख बिष्णु भट्टराई लगायतले पनि सुझाव दिनुभएको थियो ।








