गोवा नाइट क्लबमा आगोमा परी पाँच नेपालीको मृत्यु

मृतकहरु दाङ, सिन्धुली, झापा र डडेलधुराका

भैरहवा, २५ मंसिर ।
गत शनिवार भारत गोवाको नाइट क्लबमा आगलागी हुँदा ज्यान गुमाएका पाँच जना नेपालीको पहिचान खुलेको छ । घटनामा पाँच नेपालीसहित २५ जनाले ज्यान गुमाएका थिए ।
आगलागीमा ज्यान गुमाउने नेपालीहरुमा दाङका ३१ वर्षीय चुर्णबहादुर पुन, सिन्धुलीका लिलबहादुर कटुवाल (विवेक), झापाका सविन विश्वकर्मा र सुदीप विश्वकर्मा तथा डडेलधुराका मनोज जोरा छन् । उनीहरुको शव नेपाल ल्याउने तयारी भइरहेको छ ।
मृतकहरु पाँचै जनालाई घरसम्मै शव पु¥याइदिने पहल भइरहेको छ । अधिकांश नेपालीहरु कार्यरत सो नाइट क्लबमा शनिबार मध्यराति आगलागी सुरु भएको थियो । आगोले ग्याँस सिलिण्डर विष्फोट भएका थिए । गल्ली र साँघुरो सडकले दमकल समयमै नपुगेकाले जनधनको ठूलो क्षति भएको बताइएको छ । कर्मचारी तथा ग्राहकहरु भुइँतलामा र भान्सातिरै थुनिएर ज्यान गुमाएको पाइएको छ । केहीको जलेर र केहीको धुँवामा निसास्एिर मृत्यु भएको थियो ।
गोवा प्रहरीले नाइट क्लबका महाप्रबन्धक र कर्मचारीसहित चार जनालाई पक्राउ गरेको छ । गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले मृतकका परिवारलाई पाँच लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।

spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका