भैरहवामा भन्सार एजेन्टहरुले गरे पेन डाउन, किन ?

आज दिनभर काम ठप्प, निर्णय खारेज गर्नुपर्ने माग

भैरहवा । सामान्य त्रुटीमा पनि नेपाल सरकारले मुल्यको १० प्रतिशत जरीवाना लिने भन्दै  भन्सार एजेन्टहरुले विरोध गरेका छन् । सोमबार विहानैदेखी भैरहवा भन्सार कार्यालय अन्तर्गत रहेका भन्सार एजेन्टहरुले कारोवार बन्द गरी आन्दोलन गरिरहेका छन् । जरीवानाको विषयलाई लिएर देशैभरीका भन्सार एजेन्टहरुले विरोध गर्दै काम ठप्प पारेको एक एजेन्टले गौतमबुद्ध सन्देशलाई जानकारी दिए । कम्प्युटरमा डाटा इन्ट्री गर्दा हुने सामान्य गल्तीलाई पनि जरीवाना तोकेको उनले बताए ।
भैरहवा भन्सार कार्यालयका कार्यालय प्रमुखले डकुमेन्ट इन्टी गर्दा चेक गर्ने र पछि निवेदन दिए सच्चाईदिने प्रतिबद्धता व्यक्त गरेपनी निर्णय नै खारेज गर्नुपर्ने माग राखेको उनले बताए । आगामी दिनमा पनि समस्या पर्ने हुँदा यो निणर्य नै खारेज गर्नुपर्ने आफुहरुको माग रहेको उनले बताए ।
भैरहवा भन्सार कार्यालयका भन्सार अधिकृत आशुतोष राईले हिजो (आइतबार) देखि नयाँ भन्सार ऐन अनुसार यस्तो किसिमको जरीवानाको व्यवस्था भएको बताए । कम्प्युटर इन्ट्री अनुसार कागजपत्र नमिल्ने समस्या देखिएकोले यो व्यवस्था लागु भएको उनले बताए । ‘भन्सार एजेन्टका साथीहरुले विरोध गर्नुभएको छ तर इन्ट्री र कागजपत्रमा भने समस्या देखिने गरेको छ । भन्सार ऐन अन्र्तगत नै व्यवस्था भएको विषयलाई भन्सार कार्यालयले कार्यान्वयन गर्नुपर्छ ’ –उनले भने ।

spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img

सर्वाधिक पढिएका