भैरहवा । बिगत तीन बर्षदेखि युरोपको पोर्चुगलमा रहँदै आएका पत्रकार तथा गायक अर्जुन भुसालको ‘बाटो फरक भो’ बोलको गीत सार्वजनिक भएको छ । अर्घाखाँचीको छत्रदेव ४ घर भएका भुसालले गायिका शान्ति श्री परियारसँग मिलेर ‘बाटो फरक भो’ सार्वजनिक गरेका हुन् । सङ्गीतकार अमित बाबु रोकायको युट्युब च्यानलबाट सो गित सार्वजनिक भएको हो ।
वियोगान्त प्रेम सम्बन्धलाई जोडेर लेखिएको ‘बाटो फरक भो, तिमी हाँस्ने मै त रुने अधुरो यो जिन्दगीको बाटो फरक भो’ बोलको गीत निकै मार्मिक बनेको गायक तथा सञ्चारकर्मी भुसालले बताए । गीतमा गणेश पौडेल र प्रकाश पाठकको शब्द रहेको छ । गीतमा लोकेश बिसी, निशा बिसी र प्रकृति बुढाको सुन्दर अभिनय रहेको छ ।
अर्घाखाँचीको देउराली एफएम, भैरहवाको सिद्धार्थ एफएम, रुपन्देही एफएम, रिपब्लिक एफएम लगायतका संचारमाध्यममा काम गरेका गायक भुसाल हाल युरोपाटी मिडिया नेटवर्कमा कार्यरत छन् । बि.सं. २०६९ सालदेखि गाउन थालेका भुसालले शुरुमा नेपाल आमा नामको देशभक्ति गितमा स्वर दिएका थिए । हालसम्म ७० भन्दा बढी गितमा भुसालले स्वर दिएका छन् ।
अर्जुन भुसालको नयाँ गीत ‘बाटो फरक भो’

गौतमबुद्ध सन्देश








