सभापति देउवालाई खुल्ला पत्र

नारायण प्रसाद कोइराला

श्रीमान् सभापतिज्यू
नेपाली काँग्रेस, केन्द्रिय कार्यालय
सानेपा, ललितपुर

म नारायण प्रसाद कोइराला नेपाली काँग्रेसको क्रियाशिल सदस्यको हैसिएतले अहिले देशमा देखिएको परिवर्तनको आवश्यकता, भ्रष्टचारको जालो र धेरै वर्षदेखि केहि व्यत्ति र उनकै वरिपरिको सदस्यहरुको हालिमुहालीका कारण भदौ २३-२४ गतेको घटना हो, यसमा ज्यान गुमाउनु भएका सवै प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु र घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछु साथै तपाई र भाउजुको पनि स्वास्थ्य लाभको कामना गर्दछु ।
आन्दोलनका क्रममा धेरै धनजनको क्षेति हुन पुग्यो, कहि न कहि यो परिस्थितिको जिम्मेवार देशको पुरानो र लामो समय सत्तामा बसेको पार्टि, अहिले सत्ता साझेदार र तपाई स्वयं पटक पटक प्रधानमन्त्रि भैसकेको र हाल पार्टिको नेतृत्व पनि गरिरहेको कारण तपाई नै हो जस्तो लाग्छ मलाई । यो सवै कुरालाई मध्यनजर गर्दै तपाईले तत्काल युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गरि अभिभावकीय भूमिकामा रहन समेत सुझाव दिन चाहन्छु ।
सभापतिज्यू, अव पार्टी पुनः संरचनाको आवश्यकता देखिएको छ, विपिले भन्नु भएको झुपडीवादलाई तपाईहरुले महलवाद र व्यत्तिवादमा लगेर तिलाञ्जली दिनु भयो, समाजवादको सिद्धान्तलाई गुठगत बनाउनु भयो, धेरै पटक पार्टि र सरकारको नेतृत्व गर्दा पनि जनताका सुख र समृद्धिका लागि कुनै ठोस कदम चाल्न सक्नु भएन । त्यसैले यो राम्रो अवसर छ यहाँलाई कि तत्काल नेतृत्व हस्तान्तरण गर्नु ।
पार्टि नेतृत्वलाई सुझावः
अव २०८२ साल फाल्गुन २१ गतेलाई संसदिय चुनावको आह्वान भै सकेको छ, यो निर्णयलाई स्वागत गर्दै र जनतासंग पहिला भएका गलत कर्महरु प्रति क्षमायाचनाका साथ केहि नयाँ योजना लिएर गाउँ गाउँ जानको लागि मेरो सुझाव छ । यहाँहरुको सुझावका लागी मैले केहि बुँदाहरु दिएको छु ।
१. अहिलेसम्म जे जे नराम्रो गरेको भए माफि माग्ने, राम्रा काम भए प्रचारमूखि हुने ।
२. सवै भन्दा पहिले पार्टि भित्रैबाट भ्रष्टाचारको छानविन गर्ने, सम्पत्ति छानविन गर्ने जो कोहि भए पनि कार्यवाहि हुन्छ भनि प्रतिबद्धता जनाउने र कार्यवाहि गरेर देखाउने ।
३. कम्तिमा पनि नेतृत्वमा ९० प्रतिशत भन्दा बढि युवाहरुको सहभागिता सुनिश्चित गर्ने ।
४. अनावश्यक प्रदेश सभा खारेजीको मुद्धालाई जोडतोडले उठाउने र खारेज गर्ने प्रतिबद्धता गर्ने प्रदेश सभाका सवैलाई राजिनामा गर्न लगाउने, आफ्ना प्रदेश संरचनालाई खारेज गर्ने ।
५. धर्मको बारेमा पनि जनताको राय लिने(जनमत संग्रह) र बहुमतको कदर गर्ने, किनकी नेपाल विश्वको एकमात्र हिन्दू राष्ट्र हो भन्ने कुरा हेक्का राख्ने ।
६. पार्टिका सुभेच्छुक संस्थाहरु निजामती कर्मचारी, प्रध्यापक, शिक्षक, अधिवक्ता, पत्रकार आदिलाई कुनै पनि मान्यता नदिने र सो संस्थाहरुलाई खारेज गर्ने ।
७. पार्टिका उमेदवारहरु सम्बन्धित क्षेत्रले तोकेकालाई मात्र टिकट प्रदान गर्ने । टिकट दिने प्रथालाई पारदर्शि बनाउने ।
८. वि.पि. को सिद्धान्तलाई परिपालन गरि आवश्यक भए समयानुकुल परिवर्तन गरि लागु गर्ने ।
९. तत्कालै वडागत रुपमा सुझाव संकलन गर्ने त्यस पछि नगर, क्षेत्र र जिल्लाले क्रमश पारदर्शि तरिकाले प्रतिवेदन तयार गरि केन्द्रमा पठाउने व्यवस्था गर्ने ।
१०. शत्तिप्रिथकिकरणको सिद्धान्तलाई पुर्णरुपले पालना गर्ने प्रतिबद्धता जनाउने ।
एउटा क्रियाशिल सदस्यको नाताले अहिलेलाई पार्टी हितका लागि भनि यो सुझाव पठाएको छु, यसलाई मुल्यांकन होस् यो सुझाव एक व्यक्तिको मात्र नभएर पार्टीको तल्लो संगठनमा बसेर धेरै बर्ष काम गरेको आधारमा दिएको छु यसलार्ई सकारात्मक लिनु होला ।

 जय नेपाल !

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका