पौष्टिक र सन्तुलित आहाराका लागि कोदो

कोदो, नेपालको मध्य पहाड र तराई भागमा लगाइने वर्षौंदे बाली हो । नेपालको सन्दर्भमा हेर्दा कोदोलाई चौथो मुख्य बालिका रुपमा लिइन्छ । पौष्टिक र सन्तुलित आहाराका लागि कोदो एकदम महत्वपूर्ण बाली हो ।
गौतमबुद्ध सन्देश

बहुगुणीका अन्नका रूपमा रहेको कोदो खेती कम भइरहेका अवस्थामा सरकारले आज अर्थात साउन १६ मा राष्ट्रिय दिवस मनाउने निर्णय गरेको छ । सरकारले धान, मकै र गहुँलाई राष्ट्रिय बाली घोषणा गरेको छ । यी बालीको उत्पादन बढाउन बर्सेनि अर्बौंको रासायनिक मल आयात हुने गरेको छ । तर, मल कम लाग्ने र सिँचाइ पनि धेरै आवश्यक नपर्ने बहुगुणी कोदोलाई भने उपेक्षामा राखिएको छ ।

कृषि मन्त्रालयका अनुसार ७७ जिल्लामै उत्पादन गर्न सकिने कोदोको खेती ६० मिटरदेखि ३६५० मिटर उचाइसम्म हुन्छ । कोदो, नेपालको मध्य पहाड र तराई भागमा लगाइने वर्षौंदे बाली हो । नेपालको सन्दर्भमा हेर्दा कोदोलाई चौथो मुख्य बालिका रुपमा लिइन्छ । पौष्टिक र सन्तुलित आहाराका लागि कोदो एकदम महत्वपूर्ण बाली हो । नजिकको तिर्थ हेला भनेझैं वर्तमान सन्दर्भलाई हेर्ने हो भने नेपालमा कोदोको उत्पादन घट्दो छ । कोदोको उत्पत्ति पूर्वी अफ्रिकामा भएको मानिन्छ । एसियन देशहरुमध्ये भारत र नेपालम उत्पादन गरिन्छ । कोदोमा क्याल्सियम सबैभन्दा बढी पाइन्छ । भात, गहुँ, मकै भन्दा १० गुना र दुधभन्दा ३ गुना बढी क्याल्सियम कोदोमा पाइन्छ ।

हड्डीको समस्याका लागि आवश्यक आइरन, फाइबर, मिनिरल्स र दुबै प्रकारको भिटामिन पनि कोदोमा पाउन सकिन्छ । गरिबको खाना भनेर चिनिने कोदोमा अनगिन्ती गुण भएकाले पछिल्लो समयमा यसको प्रबद्र्धनमा संयुक्त राष्ट्रसंघ नै लागेको छ । यसको प्रबद्र्धन गर्न सके देशभित्रै घरेलु उत्पादन बढ्ने, आयात घट्ने, खाद्यान्नमा आत्मनिर्भरता हुने देखिन्छ । महामारीसम्बन्धी अध्ययनहरूले के देखाएका छन् भने कोदोको उपयोगले मुटु रोगको जोखिम कम हुन्छ, मधुमेहबाट जोगाउँछ, पाचन प्रणालीमा सुधार ल्याउँछ, क्यान्सरको जोखिम कम गर्छ, शरीरको शुद्घीकरण गर्छ र विषाक्तता हटाउँछ । श्वासप्रश्वासको स्वास्थ्यसम्बन्धी प्रतिरोधक क्षमता बढाउँछ, ऊर्जास्तरमा वृद्घिसँगै मांसपेशी र नशासम्बन्धी प्रणालीमा सुधार ल्याउँछ ।

म्याग्नेसियम अत्याधिक हुने भएकाले यसले विशेष रूपले रक्तचाप कम गर्न, एथेरोस्केलेरोसिसमा मुटुको स्ट्रोकको जोखिमलाई न्यून गर्न सघाउँछ । यसले केही प्रकारका क्यान्सर र मुटु रोगबाट समेत जोगाउँछ । कोदोमा उच्च मात्रामा पाइने रेसाले कोलेस्ट्रोल कम गर्नसमेत सघाउँछ । यसले एलडीएल कोलेस्ट्रोललाई कम गर्नुका साथै एचडीएल कोलेस्ट्रोलको प्रभावलाई बढाउँछ । यसमा भएका फाइबर, म्याग्नेसियम, भिटामिन–ई, फेनोलिक यौगिक र ट्यानिनले मधुमेहको खतरालाई कम गर्छ । जसले रगतमा ब्लड ग्लुकोज र इन्सुलिनको स्तरको एक्कासी वृद्घिलाई मन्द पार्छ । पाचनसम्बन्धी विकारमा समेत कोदो उपयोगी मानिएको छ ।

यसले गर्दा ग्यास्ट्रिक अल्सर र कोलोन क्यान्सरको सम्भावनामा समेत कमी आउँछ । यसमा भएको रेसाले कब्जियत तथा अत्यधिक ग्यासलाई भगाउन सघाउँछ । यो रेसाले गहुँ र मकैको आटा सेवन गर्नेहरूको दाँजोमा इसोफेजियल क्यान्सर हुने सम्भावनामा समेत कमी ल्याउँछ । कोदोको नियमित उपयोगले क्यान्सरको जोखिमलाई समेत कम गर्न सक्छ । हालै गरिएको अध्ययनले कोदोमा हुने रेसाले महिलामा स्तन क्यान्सरको सम्भावनालाई कम गर्छ । दिनहुँ ३० ग्राम रेसा उपयोग गरेर स्तन क्यान्सरको सम्भावना ५० प्रतिशतसम्म कम गर्न सकिन्छ । कोदोमा भएका उपयोगी तत्त्वहरूले विभिन्न क्यान्सरको जोखिममा कमी ल्याउँछ ।

कोदो खाँदाका फाइदा 

० मुटु रोग लाग्न दिंदैन

० हाड बलियो बनाउँछ

० बालबालिकाको हाड र दाँतको विकासमा सघाउँछ

० नराम्रो कोलेस्ट्रोल घटाउँछ

० शरीरको विषाक्तता बाहिर निकाल्छ

० पाचनतन्त्रलाई तन्दुरुस्त राख्छ

० रगतको कमी हुन दिंदैन

० कब्जियत हुन पाउँदैन

० मधुमेहबाट जोगाउँछ

० स्तन क्यान्सर हुन दिंदैन

० शारीरिक तौल नियन्त्रणमा राख्छ

० रक्तचाप घटाउन प्रभावकारी हुन्छ

० मृगौला र कलेजोको रोग लाग्न दिंदैन

० रोगप्रतिरोधी क्षमता बढाउँछ

० ऊर्जाको राम्रो स्रोत हो

० पित्तथैलीमा पत्थरी हुन दिंदैन

० मीठो निद्रामा सघाउँछ

० छाला चम्किलो बनाइराख्छ

० घाउ छिटो भरिन सघाउँछ

० आमाको दूध बढाउँछ

० कुपोषण हुन दिँदैन

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका