भैरहवा, साउन ९ ।
शनिवार (साउन १० गते) भैरहवामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । तिलोत्तमा रक्तदाता समाज र सेभ फ्युचर नेपालद्वारा संयुक्त रुपमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रम भैरहवा स्थित रुपन्देही लीलाराम न्यौपाने मा.वि.मा विहान ८ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ । रक्तदान कार्यक्रममा उपस्थित भई रक्तदान गर्नको लागी आयोजकले रक्तदाताहरुलाई आग्रह गरेको छ ।
पछिल्लो समय नगर/जिल्ला भित्र बिरामीहरूको संख्या तीव्र गतिमा बढेको र उपचारको क्रममा रगतको अभाव देखिएकोले कार्यक्रमको आयोजना गरिएको सेभ फ्युचर नेपालका सदस्य अमित कुमार गौढले जानकारी दिए । बिरामीहरूले रगत अभावकै कारण जीवन–मरणको दोसाँधमा पुग्नुपर्ने अवस्थालाई समाधान गर्नका लागी संस्थाले विभिन्न समयमा रक्तदान कार्यक्रमको आयोजना गर्ने गरेको उनले बताए ।
शनिबार भैरहवामा रक्तदान कार्यक्रम हुँदै

गौतमबुद्ध सन्देश








