प्रभावकारी बन्दै सुस्ताको न्यायिक समिति

सुस्ता गाउँपालिकाको न्यायिक समितीमा आर्थिक वर्ष २०८१/८२ मा ३७ वटा मुद्दा दर्ता भएका छन् । जसमध्ये न्यायिक समितिले २६ वटा मिलापत्र गरी फछ्र्यौट गरेको छ ।

नवलपरासी, असार २० । सुस्ता गाउँ पालिकाको न्यायिक समितीमा आर्थिक वर्ष २०८१÷८२ मा जम्मा ३७ वटा मुद्दा दर्ता भए । यी मध्ये २६ वटा मिलापत्र गरी फछ्र्यौट गारिएको न्यायीक समिति संयोजक गिता चौधरीले जानकारी दिइन् ।
सबै भन्दा बढी जग्गा खिचलोका १८ वटा मुद्दा भएका छन् । त्यस्तै जग्गा अंशबण्डा सम्बन्धीमा चार, रूखबिरुवा लगाएर हुने आएको क्षति तथा बालीनाली नोक्सानीका तीन वटा मुद्दा दर्ता रहेका छन् । विशेष गरी ग्रामीण भेकमा जग्गा अतिकमण गरी घर वास बनाइएको ,पतिपत्नी बीचको विवाद, आली तथा सिमाना विवाद, शौचालयको फोहोरले प्रदूषण फैलिएको गाली बेइज्जती तथा कुटपिट लगायत महिला हिंसाका पनि मुद्दा दर्ता हुने गरेको सुस्ता गाउँपालिका उपाध्यक्ष तथा न्यायीक समिति संयोजक चौधरीले जानकारी दिइन् ।
पालिकामा आएका विवाद मसिनो गरी हेर्ने र विवाद मिलाउने गरेकाले विवाद आउने क्रम बढेको उनको भनाई छ । आर्थिक वर्ष २०८०/ ८१ मा ३४ वटा मुद्दा दर्ता भएकोमा यसवर्ष बढेर ३७ वटा पुगेको चौधरीले जानकारी दिइन् ।
विशेष गरि ग्रामीण भेकमा धेरै जसो घरायसी विवादको मुद्दाहरु रहेको छ । गाउँमा हुने विवादलाई स्थानीय तहमा समाधानका लागि ल्याउन नागरिक समाज र प्रहरीसँग सहकार्य गरीरहेको उनको भनाइ छ ।
सुस्ता गाउँपालिका न्यायिक समितिले विवाद मिलाउने र अन्यायमा परेकालाई न्याय दिने सवालमा कुनै राजनीतिक दबाव वा प्रभावमा नपरी निष्पक्ष तरिकाले न्याय प्रवाह गरिरहेको चौधरीले बताइन् । न्यायपालिकामा आउने सबै नागरिकहरूको पीडालाई मलम लगाउन आफूहरू सफल भएको उनले बताइन् ।
सुस्ता गाउँपालिका वडा नं २ मा बस्ने मनतुरी मुसहरले गाउँपालिकामा विवाद लिएर जादा सहज रुपमा न्याय पाएको बताइन् । उनले भनिन् “मलाई प्रहरीमै जानुपर्दछ भन्ने थियो तर गाउँपालिकामै विवाद समाधान हुन्छ भन्ने थाहा पाएपछि पालिकामा गए, हामीलाई कुनै कर दबाव मा नल्याई एकदमै सहज अनि सरल तरिकाले मिलापत्र भयो ।”
सुस्ता गाउँपालिका वडा नं २ कुडियामा बस्ने तुलाराम महतोले जग्गा खिचलो सम्बन्धमा सुस्ता गाउँपालिकाको न्यायिक समितिमा मुद्दा दर्ता गरी मेलमिलापबाट समाधान भएको बताए । उनका अनुसार छिमेकीले जग्गा ओगटेर शौचालय बनाएको, हटाउन नमानेकोले वास्तविक जग्गा छुटाई न्याय पाउ भनेर मुद्दा दर्ता गरेका थिए । न्यायिक समितिले मिलमिलाप गरीदिएपछि अहिले विवाद समाधान भएको उनले बताए ।
स–साना झैँ झगडा वा कुनै त्यस्तो विवाद भएमा प्रहरी र अदालत जानुभन्दा पालिकाको न्यायीक समितिमा जाने मुसहर र महतो बताउँदछन् । गाउँको सामान्य विवादहरु गाउँमै मिलाउनुपर्ने उनीहरु बताउँदछन् ।
सुस्ता गाउँपालिकामा पहिले पहिले विवादका घटना कम आउथे । कतिपय विवाद प्रहरीकोमा जान्थे । तर, गाउँपालिकाले अहिले स्थानीयलाई गाउँपालिकामै विवादका घटना लिएर आउन आग्रह गर्ने गरेको उपाध्यक्ष चौधरी बताउँछिन् । “अहिले धेरै विवाद प्रहरी र अदालत होइन सुस्ताको न्यायिक समितिमा आउने गरेका छन् । विवादलाई पनि ध्यान दिएर मिलाउने कोशीश गरेका छौं । धेरै मेहनत गरेका छौं ।” गाउपालिकाका उपाध्यक्ष चौधरीले भनीन् ।

spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका