पोखरीमा डुबेर बालकको मृत्यु

२६ असार, बुटवल । पोखरीमा डुबेर रूपन्देहीमा एक बालकको मृत्यु भएको छ।

तिलोत्तमा नगरपालिका-७ भलवारिका १५ वर्षीय प्रज्ञान गौतमको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी इन्द्रबहादुर रानाका अनुसार मणिग्रामका नारायण बन्जाडेले माछा पाल्न भनेर खनेर राखेको पोखरीमा प्रज्ञान बुधबार साँझ ६ बजे पौडी खेल्न पसेका थिए ।

साँझ ७ बजेपछि उद्धारका लागि गएको प्रहरी टोलीले राति १० बजे मात्रै पोखरीमा डुबेका प्रज्ञानलाई बाहिर निकाल्न सकेको रानाले बताए ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका