पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले बढाइएको छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाइएको निगमले जनाएको छ ।
नयाँ मूल्यसूचीअनुसार, काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ पर्नेछ । यी स्थानमा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १४९ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर सात रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ५१ ले बढाइएको छ । भारतबाट इन्धनको मूल्य बढेर आएकाले यहाँ पनि सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ ।









