किसान मेरो भगवान

गौतमबुद्ध सन्देश

माटो च्यापेका ती हातहरू,
पसिनाले भिजेका ती गालाहरू,
जसको मिहिनेतले अन्न फल्छ,
त्यो माटोको देवता — किसान हो

न धनले, न पदले,
यो देश चल्दैन भाषणको रटले,
जबसम्म कोदाली चल्दैन खेतमा,
भोकै सुत्छ देश थाल भित्र रातमा

धान मात्र हैन,
हरियो साग, सुन्तला, लसुन,
सबैमा उहाँको सपनाको गन्ध हुन्छ,
त्यो गन्ध बिना हाम्रो जीवन अधुरो हुन्छ

सहरमा सलामी,
गाउँमा चोइठो बनाउने हामी?
सालिक बनाउँछौं नेताको,
तर माटो जोत्ने हातलाई बिर्सन्छौं, हाम्रै भूलले

तर म त मान्दछु –
खेतमा झुकेको त्यो ढाँड,
पसिनामा चिटचिटेको निधार,
त्यही हो असली भगवानको आकार

जय किसान

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका