प्रेम ईश्वर हुन ईश्वर नै प्रेम हुन
क्रोध र घमण्ड राक्षस समान हुन
धैर्यता र मुख मधुरता ईश्वरका देन हुन
स्वाभिमानी र सत्यता विजयका मुल आधार हुन
भाग्य निर्माणकर्ता स्वयं ब्रम्हा हुन पक्कै नै
कर्मयोग लेख्ने स्वयं हामी आफै नै
एकताले बाहुबल बढाउने कार्य गर्छ
कटु शब्दले दुश्मन बढाउने क्रम जारी गर्छ
निष्पक्ष र सत्य बचनले सफलता हासिल गर्छ
घमण्ड र दुराचारले स्वयंलाई भुमरीमा पार्छ
दृढ संकल्पले शिखर छुने प्रोत्साहन गर्छ
मुल तत्व भुले स्वयंलाई हानी नोक्सान गर्छ
दया, माया, क्षमा याचना, मुखमधुरता ईश्वरका वरदान
यी पंचतत्वको आधार नै हुन सफलताको पहिचान









