औँलाे राेेग नियन्त्रण गर्न प्रवासीलाई अभिमुखीकरण

(विजयनगर) कपिलवस्तु, २८ गते ।

कपिलवस्तुकाे विजयनगर गाउँपालिका-७ गणेशपुरमा औँलाे राेेग नियन्त्रण गर्न अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुकाे आयाेजना र स्वास्थ्य चाैकी गणेशपुरकाे समन्वयमा  औँलाे राेेग नियन्त्रण सम्बन्धी प्रवासीहरुलाई अभिमुखीकरण गरिएको हाे ।

छिमेकी मुलुक भारत सहित तेस्राे मुलकबाट आएका युवाहरुलाई औँलाे राेेग नियन्त्रणका लागि एक दिने जनचेतनामूलक कार्यक्रम गरिएको हाे । विदेशबाट आएपछि औंलाे राेगबाट बच्ने, बचाउने लगायत विविध विषयमा प्रवासीलाई जानकारी गराइएको स्वास्थ्य चाैकी गणेशपुरका इन्चार्ज गाैतम रायले जानकारी दिए ।

स्वास्थ्य कार्यालय कपिलवस्तुका औंलाे राेग निरीक्षक रत्नलाल शर्माका अनुसार लामखुट्टेले टोकेको परजीवि शरिरमा प्रवेश गरेको १० देखि १५ दिनमा यसको लक्षण देखिन सुरु गर्छ । औलोको पहिचान गर्न रगतको नमूनालाई सुक्ष्मदर्शक यन्त्रले हेर्ने वा एन्टिजेनमा आधारित परिक्षण गरेपछि मात्र थाहा हुने बताउँदै औलो रोग लागेमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, जोर्नीहरु दुख्ने, असजिलो महसुस हुने जस्ता सामान्य लक्षण देखा पर्ने उनकाे भनाइ छ ।

निरन्तर वा दिन बिराएर ज्वरो आउने, शरिरका भित्री अंगहरु फियो, कलेजो सुन्निने, रगतको मात्रा कमी हुने तथा परजीवीको प्रकृति अनुसार विभिन्न लक्षण देखिने हुन्छ । यो रोगले गम्भीर रूप लिएमा मानिसको मृत्यु समेत हुने गर्दछ । विशेषगरी कामको सिलसिलामा बाहिर गएका व्यक्तिहरुमा औलोको जोखिम बढी हुने गरेको छ।

सरसफाई विशेष ध्यान दिँदै औंलाे फैलाउने लामखुट्टेले रात परेपछि टाेक्ने भएकाले झुलभित्र सुत्नुलाई साेे राेगबाट जाेगिने सबै भन्दा उत्तम उपाय मानिन्छ । घर-घर तथा समुदायमा औलो सम्बन्धी जनचेतना फैलाउने, औलो रोगका लक्षणबारे जानकारी दिने, शंकास्पद बिरामीले तुरुन्त परीक्षण गरेमा औलो रोगबाट बच्न तथा अरुलाई बचाउन सकिन्छ । यसैगरी डेँगु रोग पनि लामखुट्टेकाे टोकाईबाट सर्ने भएकोले विषेश सतर्कता अपनाउन आग्रह गरिएको छ । डेंगु विषेश गरि शहरी क्षेत्रमा बढी देखिने गर्दछ ।

कार्यक्रमलाई गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारी, स्वास्थ्य चाैकी गणेशपुरका इन्चार्ज गाैेतम राय लगायतले सम्बाेधन गरेका थिए ।

 

spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img

सर्वाधिक पढिएका