रसुवा । दश वर्षमा रसुवागढीबाट चीनमा उत्पादित विद्युतीय सवारीसाधनको आयात १४ हजार ५०० नाघेको छ ।
रसुवा भन्सार कार्यालयका सूचना अधिकारी रवीन्द्र प्याकुरेलका अनुसार दुई हजार ५७० सवारीसाधनको भन्सार जाँच पास भइसकेको छ । काठमाडौँतर्फ प्रस्थान गरिसकेको छ ।
चीनबाट सवारीसाधनका अतिरिक्त जुत्ता, चप्पल, तयारी कपडा, रबर, विद्युतीय उपकरणका साथै कृषि उत्पादन पनि आयात हुने गरेको छ ।









