जीवन संघर्ष : जसले नीजि स्वार्थलाई कहिल्यै प्राथमिकता दिएनन्

विनोद कुमार उपाध्याय
ने.क.पा.(माओवादी केन्द्र) को तर्फबाट
प्रतिनिधिसभा सदस्यको समानुपातिक तर्फको उम्मेदवार

रुपन्देहीमा विनोद कुमार उपाध्याय कुनै अपरिचित नाम होइन । नीजि स्वार्थलाई कहिल्यै पनि प्राथमिकता नदिने इमान्दार नेताको रुपमा आफुलाई स्थापित गरेका नेता उपाध्यायको जन्म वि.स. २०१० साल कार्तिक २८ गते रुपन्देहीको साविक बोधवार गा.वि.स. वडा नं. ३ (हाल रोहिणी गाउँपालिका–५) मा भएको हो ।

प्राथमिक शिक्षकको रुपमा काम गर्ने विनोद कुमार उपाध्याय पञ्चायती तानाशाहीको विरुद्ध अनवरत संघर्ष गर्दै जाँदा २०४६ सालमा पञ्चायती व्यवस्थाको अन्त्यसंगै बहुदलीय व्यवस्थाको आगमन भयो । त्यस बेला सम्म माक्र्सवादको केही ज्ञान हासिल गरे तत्पश्चात यो बहुदलीय व्यवस्थामा आम निर्वाचनको हुँदै जाँदा राजतन्त्र समाप्त भएको अवस्थामा जनताको समस्या समाधानको आकांक्षीहरु पुन : त्यही रहेको हुँदा त्यसको विरुद्ध न लडी देश र जनताको समस्या हल हुन सक्दैन, भन्ने ठानेर पुन : नौलो जनवादी व्यवस्थाको लागि उनी क्रियाशिल हुन पुगे । पञ्चायती शासन अन्तर्गत राजकाज अपराध ज्यान मार्ने मुद्धाबाट आरोपित भएकोले भुमिगत हुन उनी बाध्य भए । त्यस बेला २०३५ साल सम्म सिद्धार्थनगर नगरपालिका वडा नं. ११ भुजौली प्राथमिक विद्यालयमा उनी अध्यापन गर्थे ।

उपाध्यायका बाबु, बाजे समेत बामपन्थी राजनीतिका अनुयायी भएकोले स्वयं तिनले ल्याएको माक्र्सवादी पुस्तकहरु उनी लुकी लुकी पढ्ने गर्थे । उनी ३ वर्ष हुँदा नै उनको बुवा भारतको बैंगलोरमा पाइलटको रुपमा कार्यरत थिए भने उनका काका जन्मजय उपाध्याय राजा शासनका विरुद्ध २००७ साल सशस्त्र जनमुक्ति सेनाका सिपाही थिए । २००७ सालको राजनैतिक घटना पश्चात भारतीय फौजद्वारा जनमुक्ति सेनालाई समाप्त पार्ने काम राजा त्रिभुवनको सल्लाहमा गरियो । उनको घर त्यसै बेला देखि छत विछत हुने कामको सुरुवात भयो । उपाध्यायको बुवालाई डाँकाहरुले गोली हानी हत्या गरे भने उनको काका नेपालको विभिन्न कारागार हुँदै काठमाडौंका नक्खु कारागारबाट १३ वर्ष पछि रिहा मात्र रिहा भए ।

रुपन्देहीको बोधबार गा.वि.स. हाल रोहिणी गाउँपालिका वडा नं. ५ स्थायी बसोबास गर्दै आउने क्रममा राती राती गाउँको छाप्राहरुमा जाने, किसान र मजदूरहरुलाई गरीब हुनुको कारण सिकाउँदै जाँदा यसको मुक्तिको प्रश्न बारे छलफल गरिन्थ्यो । विस्तारै जनताको मायाले उनलाई क्रान्तिको यात्रामा धकेलिदियो । किनभने शोषणको अन्त्य र राम्रो समाजको स्थापनाको लागि लगन र निष्ठापूर्वक काम गर्न अनिवार्य बनेको उनी बताउँछन ।

जीवनको सुरुवातसंगै दुःखै दुःखले घेरिएको परिवारहरु गाउँवस्तीमा भेट्न उनलाई अफ्ठयारो थिएन । तिनै वस्तीहरुका वासिन्दाको जिन्दगी रमाइलो लाग्यो र २०३१ सालमा कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरी ने.क.पा. (चौथो) महाधिवेशन हुँदै मोटो मशाल, एकता हुँदै २०५१ साल चितवनको राष्ट्रिय भेलाबाट बनेको ने.क.पा.(माओवादी) मा समाहित हुँदै जाँदा राजतन्त्रका सेवक सुरक्षा निकायको निर्देशनमा उनको हात खुट्टा भाँचेर वेपत्ता पार्ने काम गरियो । जसका प्रमाण बुटवल अञ्चल अदालतमा भाइ शतिष चन्द्र उपाध्यायले खोजतलास गरी पाउँ भनी वन्दी प्रत्यक्षीकरणको निवेदन अनुसार सुरक्षा निकायको नियन्त्रणबाट मुक्ति भए ।

२०३५ सालमा उनलाई कर्तव्य ज्यान मुद्धामा आरोपित गरियो । २०३७ सालमा केही राजकाज अपराधको आरोपमा उनलाई मुछिन प¥यो । बहुदल आए पश्चात केही सार्वजनिक अपराध ४–४ वटा केशमा तत्कालिन सरकारद्धारा चार्ज लगाइयो । पछि उनको हात खुट्टा भाचिने देखि वेपत्ता पार्ने काम समेत गरियो र उनको टाउकोको मुल्य समेत तोकिएको थियो ।
रातदिन घर परिवारमा तेरो श्रीमानलाई प्रहरीले समात्यो, ज्यान मा¥यो आदि इत्यादि कुरा गरी उपाध्यायको परिवारलाई मानसिक उत्पीडन गर्ने काम भयो । तर विनोद कुमार उपाध्यायलाई पहाडका डाँडा काँडा र मधेशको गाउँ वस्तीमा जनताको मायाले खासै फरक परेन । २०६२÷६३ सालको जनआन्दोलन पश्चात २०६५ सम्म जेष्ठ महिनामा उनको घरमा बम प्रहार गरी घर ध्वस्त पार्ने काम भयो । त्यही बेला कान्छा काका सुरेन्द्र उपाध्यायको पुरै शरीर छत विछत पा¥यो । त्यसपछि उनलाई गोली हानी मार्ने कोशिष पनि गरियो ।

२०३० साल देखि प्राथमिक विद्यालयको प्रधानाध्यापक रहेर उनले काम गरे । २०३५ सालबाट उनलाई भुमिगत हुन बाध्य पारियो । बहुदलको आगमनसंगै राजनैतिक पीडित भनी दर्ज भए । पछि १९ वर्ष पछि पुर्नवहाली भएर देवदह नगरपालिका अन्तर्गत राजावारी हाल मा.वि.मा अध्यापन गर्न थाले । त्यस बेला पहाड तिर जनयुद्ध सञ्चालन भइसकेको थियो । यता विद्यालय रहेका गाउँघरमा थुप्रै माओवादी समर्थक पत्रपत्रिका पढने पढाउने काम गरिन्थ्यो । जसमा जनादेश, महिमा आदिमा रहेका लेखरचनाले सर्वहारा नेतृत्वमा जनताको जनवादी सत्ता ल्याउने देखि समाजवाद, साम्यवाद सम्म पुग्ने सपना हुन्थ्यो । जनताको अपार मायाले जनयुद्धलाई सफल पार्ने उनलाई साहस प्रदान हुन्थ्यो । पछि त्यही विद्यालयमा सशस्त्र सुरक्षा निकायले धावा बोलेकोले त्यहाँ रहन र विद्यार्थीलाई पढाउन वातावरण नभएकोले पुन ः उनी पार्टीमा होल टाइमर भएर निस्किए । उनले छोडेको ठाउँमा जसको घरमा डेरामा बस्थे, तिनै छोरा गोविन्द बस्याललाई विद्यार्थी पढाउने ठाउँमा राख्ने काम भयो जबकी तिनी नेपाली कांग्रेस समर्थक थिए ।

काम मिलाएर सुरुको १९ वर्ष पछिको ६ वर्ष गरी २५ वर्ष भुमिगत जीवन बिताउन उपाध्यायलाई बाध्य पारियो । २०६२÷०६३ आन्दोलन पश्चात अन्तरिम व्यवस्थापिका सासंद सदस्यको रुपमा उपाध्याय चयन भइ संविधान निर्माणको प्रक्रियामा समेत संलग्न भए ।

देश र जनताको सेवामा समर्पित भइ २०३५ साल देखि पुरा समय पार्टीमा खटन थाले । तत्कालिन अवस्थामा पार्टी हेडक्वार्टर गोरखपुर थियो । त्यहाँ मोहन विक्रम सिंह, निर्मल लामा, भक्त बहादुर श्रेष्ठ, मोहन वैद्य किरण आदि नेताहरु आइरहन्थे ।
एक पटक कार्यालयमा खर्च सिद्धिए पछि ५ दिन सम्म रिक्सा चलाइ खर्च गर्ने काम गरेको कुरा बिर्सनै नसक्ने क्षण भएका उपाध्याय बताउँछन । पार्टी निर्देशनमा कैलालीको गाउँगाउँमा रासन, तोरीको तेल लिन जानुपर्ने र राजापुर हुँदै कतरनिया घारमा आई रेलबाट २ बोरा ५०–५० के.जी.को लिएर आउँदा गोण्डामा उनलाई रेल बदलिन प¥यो । त्यहाँ चोरहरुको विगविगि भएकोले एक्लै लोड अनलोड गरी गोरखपुर पु¥याएको घटना अहिले पनि स्मरण गरि रहन्छन ।

सैद्धान्तिक र वैचारिक हिसाबले अडिग विनोद उपाध्यायले थुप्रै कार्यकर्ता उत्पादन गरेको प्रशस्त उदाहरण छ । मधेशी, पहाडी बीचको भेदभाव विरुद्ध वर्ग पक्षधरतालाई कहिले नभुल्ने उपाध्याय अवधको धर्तीबाट जनयुद्धको नेतृत्व गर्दै अगाडी बढेका हुन ।
सुरुका समयमा कम्युनिष्ट पार्टीलाई स्थायित्व गर्ने जनयुद्धमा संलग्न हुने शिक्षा दिदैं मधेशको धर्तीबाट आफ्नो भुमिका पुरा गरेको कुरामा कुनै विवाद नभएको उनको तर्क छ । आगामी निर्वाचनमा प्रतिनिधिसभा सदस्यको लागि समानुपातिक उम्मेदवारको सुचीमा परेका उपाध्यायले अहिले सम्म प्राप्त उपलब्धीहरुलाई रक्षा गर्न गोलाकार भित्रको हंसिया हथौडामा मतदान गरी समानुपातिक तर्फ जिताउन समेत आग्रह गरेका छन । समानुपातिक तर्फका उम्मेदवार उपाध्यायलाई हाम्रो पनि शुभकामना ।

प्रस्तुती : रबिन्द्र प्रताप गुप्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *