राप्रपामै फर्किए पूर्व उपाध्यक्ष गुप्ता

भैरहवा । नौ महिना अघि उपाध्यक्ष पद छाडेर स्वतन्त्र भएको घोषणा गरेका अजय गुप्ता फेरि राष्ट्रिय प्रजातन्त्र पार्टीमा सक्रिय हुने घोषणा गरेका छन् ।
सो पार्टीले भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा युवा ब्यवसायी गुप्ता पार्टीमा समाहित भएको घोषणा गरेका हुन् ।
देश गम्भीर मोडमा रहेको र बाह्य शक्तिको चलखेल बढीरहेको अवस्थामा देशलाई बचाउन राप्रपामा पुनः सक्रिय रहने निर्णयमा पुगेँ, गुप्ताले पत्रकार सम्मेलनमा भने, राष्ट्र, राष्ट्रियता, हिन्दु धर्मसहितका एजेण्डा बोकेको पार्टीमा समाहित हुन पाउँदा खुशी छु ।
अहिले देशलाई बचाएर सही ट्रयाकमा ल्याउन जरुरी रहेको पनि गुप्ताले बताए । पार्टी, कार्यकर्ताभन्दा अहिले देश ठूलो हो भनेर रोज्नुपर्नेमा जोड दिदै गुप्ताले जनता समयमै चनाखो हुन नसके देश अरु बर्वादीतिर जाने दावी गरे ।
सो अवसरमा पार्टीका जिल्ला अध्यक्ष सागरप्रताप राणाले अहिले राष्ट्रवादी र राष्ट्रघाती बीचको लडाईं भएकाले राष्ट्रवादीको नेतृत्व गरिरहेको राप्रपालाई जनताको साथ र समर्थन आवश्यक रहेको बताए । उनले पार्टीमा समाहित भएकोमा गुप्तालाई धन्यवाद दिर्दै पार्टीभित्र उच्च मूल्यांकन गरी उचित स्थान दिइने बताए ।
कार्यक्रममा रुपन्देही क्षेत्र नं. ३ का राप्रपा उमेदवार क्याप्टेन गौरव बोहरा, पार्टीका जिल्ला सचिव बलराम शर्मासहितले गुप्तालाई स्वागत गरेका थिए ।
सिद्धार्थनगर नगरपालिका वडा नं. ३ निवासी गुप्ता पूर्व उपमेयर रतन गुप्ताका छोरा हुन् । पेशाले उद्योगी गुप्ता शुरुमा मधेशवादी दलमा आवद्ध रहेपनि पछिल्ला केहि बर्षयता राप्रपामा सक्रिय थिए । उनले ९ महिना अघि पत्रकार सम्मेलन गरेर पार्टी त्यागेको घोषणा गरेका थिए ।

spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका