रुपन्देही–३ मा नारायण भण्डारी बने रास्वपाको चुनावी कमाण्डर

गौतमबुद्ध सन्देश

भैरहवा, १४ माघ । रुपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचन परिचालनका लागि चुनावी कमाण्डर नारायण प्रसाद भण्डारी बन्नुभएको छ । मंगलबार भैरहवास्थित रास्वपा जिल्ला पार्टी कार्यालयमा बसेको क्षेत्रीय समितिको बैठकले भण्डारीलाई निर्वाचन परिचालन समितिको कमाण्डर बनाउने निर्णय गरेको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुपन्देही–३ बाट रास्वपाले डा. लेखजंग थापालाई उम्मेदवार बनाएको छ ।

त्यस्तै रुपन्देही–३ (१) मा पार्थिवेन्द्र उपाध्याय र ३ (२) मा महेन्द्र उपाध्यायलाई निर्वाचन परिचालन समितिको कमाण्डर बनाइएको नारायण प्रसाद भण्डारीले बताउनुभयो । भण्डारीका अनुसार बैठकले समितिको सिफारिसमा १ हजार ८ जना सदस्य रहेको क्षेत्रीय निर्वाचन प्रचारप्रसार समिति गठन गर्ने निर्णय गरेको छ । जसअन्तर्गत क्षेत्र नम्बर ३ का सभापति मधु अर्यालको संयोजकत्वमा क्षेत्रीय, पालिका, वडा र अन्य समायोजन भएका व्यक्तिहरुसहित प्रचारप्रसार समिति गठन गरिएको भण्डारीले बताउनुुभयो ।

निर्वाचन परिचालन समिति अन्तर्गत आर्थिक समितिको संयोजकमा अमर खड्का, अनुगमन समितिको संयोजकमा कृष्ण प्रसाद भण्डारी लगायत १३ वटा विभिन्न उपसमिति गठन गरिएको छ । उपसमिति सञ्चालन तथा व्यवस्थापन समितिको गठन गरी नेता विनोद खरेललाई संयोजकको जिम्मेवारी दिने निर्णय गरिएको छ ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका