पत्रकार पुनहरि बेल्बासे सम्मानित

गौतमबुद्ध सन्देश

भैरहवा । पत्रकार पुनहरि बेल्बासेलाई सिद्धार्थ उद्योग वाणिज्य सङ्घ रूपन्देहीले सम्मान गरेको छ। सङ्घको ६७औँ वार्षिक साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा बेल्बासेलाई पत्रकारितामार्फत् उद्योग, व्यापार, पर्यटन तथा कृषि क्षेत्रको आर्थिक विकासमा सकारात्मक योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो। सिद्धार्थ उद्योग वाणिज्य सङ्घ रूपन्देहीले स्थानीय तथा क्षेत्रीय आर्थिक विकासमा खेलेको भूमिकालाई निष्पक्ष, तथ्यपरक र प्रभावकारी ढङ्गले समाचारमार्फत् सम्प्रेषण गर्दै आएका कारण बेल्बासेलाई सम्मान गरिएको जनाएको छ। पत्रकारितामार्फत् आर्थिक र सामाजिक रूपान्तरणमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै सङ्घले रुद्र विलास तुलाचन अक्षय कोषबाट उनलाई सम्मान गरेको हो। सम्मान कार्यक्रमका क्रममा बेल्बासेलाई प्रमाणपत्र, दोसल्ला तथा नगद प्रदान गरिएको थियो।

कार्यक्रममा बोल्ने वक्ताहरूले जिम्मेवार र विकासमुखी पत्रकारिताले समाज र अर्थतन्त्रलाई सही दिशामा अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै बेल्बासेको योगदान प्रशंसनीय रहेको बताए। पत्रकार पुनहरि बेल्बासे २०६८ सालदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन्। लुम्बिनीखबर पत्रिकाबाट पत्रकारिता शुरु गरेकाे बेलबासे  २०७१ सालमा भैरहवाबाट गौतमबुद्ध सन्देश पत्रिकाकाे  सम्पादकको रूपमा आफ्नो पहिचान बनाएका थिए। त्यसयता विभिन्न पत्रपत्रिका तथा अनलाइन सञ्चारमाध्यममा सम्पादकको भूमिका निर्वाह गर्दै आएका बेल्बासेले समाचार सम्पादन, विश्लेषणात्मक लेखन तथा खोजमूलक पत्रकारितामा निरन्तर योगदान पुर्याएका छन्। पछिल्लो पाँच वर्षदेखि बेल्बासे समता टेलिभिजनमा उपसम्पादकको रूपमा कार्यरत छन्।

उनले स्थानीय, आर्थिक, सामाजिक तथा विकाससम्बन्धी विषयवस्तुलाई प्राथमिकताका साथ उठान गर्दै जनसरोकारका मुद्दालाई उजागर गर्दै आएका छन्। सिद्धार्थ उद्योग वाणिज्य सङ्घ रूपन्देहीले भविष्यमा पनि समाजमा सकारात्मक परिवर्तन ल्याउने पत्रकारिता कर्ममा लागेका सञ्चारकर्मीहरूलाई प्रोत्साहन र सम्मान गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका