‘पर्यटन प्रर्वद्धनमा होटल व्यवसायीको भूमिका महत्वपूर्ण’

भैरहवा, पुस २३ । पर्यटन प्रर्वद्धनका लागी होटल व्यवसायीको भूमिका महत्वपूर्ण रहेको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । होटल तथा रेस्टुरेन्ट व्यवसायी संगठन रुपन्देहीको १२ औ वार्षिक साधारणसभा तथा ७ औ अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रममा बोल्ने बक्ताहरुले सो कुरा बताएका हुन् । बुधबार भैरहवामा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले पर्यटन प्रबद्र्धनका लागी होटल व्यवसायीले उल्लेख्य भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले पर्यटकले सुरक्षीत महसुस गर्नेगरी व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभयो । होटल व्यवसायीहरु व्यवसायीमात्र नभएर रोजगारदाता पनि भएको उल्लेख गर्दै दक्ष कामदार उत्पादनमा व्यवसायीहरु लाग्नुपर्ने बताउनुभयो । व्यवसायीको व्यवहारले पर्यटकहरुमा प्रत्यक्ष असर पर्ने भएकोले यस विषयमा सचेत रहन आग्रह गर्नुभयो । भैरहवामा रात्रीकालिन बजारको अवधारणा आएपनि अगाडि बढ्न नसकेको अबस्थामा अब छिट्टै नै रात्रीकालिन बजार सञ्चालन गर्नमा आफ् प्रयासरत रहेको बताउनुभयो ।
लुम्बिनी प्रेस क्लवका अध्यक्ष कमल रायमाझीले नयाँ पर्यटकिय स्थलको खोजी गरी ति स्थानहरुको प्रर्वधनमा जोड दिनुपर्ने बताउनुभयो ।
लुम्बिनी होटल संघका अध्यक्ष लिलामणि शर्माले लुम्बिनिलाई हेरेर धेरै लगानी भएको उल्लेख गर्दै पर्यटन प्रबद्र्धनमा सबै सरोकार पक्ष एकभएर लाग्नुपर्ने बताउनुभयो । उहाँले गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थल नियमित सन्चालन गर्ने, विश्वभरका करोडौ बौद्धधर्मावलम्बीलाई ल्याउने विषयमा छलफल गर्नुपर्ने बताउँनुभयो । हाम्रो मुख्य सम्भावना बौद्ध पर्यटक भएकोले यसतर्फ सबैको ध्यान जानुपर्ने बताउँनुभयो ।
नवनिर्वाचित अध्यक्ष राजेश महोत्राले पर्यटन प्रबद्र्धनका कार्यक्रम अन्र्तगत संगठनले आयोजना गर्दै आएका फुड फेस्टिभल, अन्तरक्रिया लगायतका कामहरुलाई निरन्तरता दिने बताउनुभयो । उहाँले यस क्षेत्रको पर्यटन प्रबद्र्धनका लागी टुर प्याकेज बनाउने, पर्यटनमैत्री सहर बनाउने विषयमा आफु लाग्ने बताउनुभयो । उहाँले पर्यटन नीति बनाउनु पर्ने आवश्यकता औल्याउनुभयो ।
संगठनका निर्वतमान अध्यक्ष रामप्रसाद पोख्रेलले आफ्नो दुई बर्षे कार्यकालमा सहयोग गर्ने सम्पूर्णलाई हार्दिक आभार प्रकट गर्दै पर्यटन प्रबद्र्धनका लागी आफु सधै तत्पर रहेको बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा सामाजिक तथा संस्थागत सुदृढका लागी विभिन्न कामहरु गरेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रदिपबहादुर क्षेत्री, नेपाल पत्रकार महासंघ रुपन्देहीका दिनेश पान्डे, संस्थापक अध्यक्ष अनिलकुमार ज्ञवाली, पुर्वअध्यक्ष रामचन्द्र रेग्मी, मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष यादव पोख्रेल, सिद्धार्थ होटल एसोसियसन (सान) का अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, चेम्बर अफ कमर्श रुपन्देहीका अध्यक्ष सचिन रोका, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्य, लगायतको उपस्थिती रहेको थियो ।

spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका