भैरहवा ।
एभरेष्ट ग्यास संसार अन्तर्गतको त्रिशुल ग्यास प्रालिले प्रयोग हुन अयोग्य रहेका ग्यास सिलिन्डर नष्ट गरेको छ । बुधवार जिल्ला प्रशासन कार्यालय रुपन्देही, नेपाल आयल निगम, नापतौल विभागको रोहबरमा १ हजार १२ थान सिलिन्डर नष्ट गरेको हो ।
सुरक्षित र सर्वसुलभ तरिकाले सिलिन्डर उपभोक्ताको भान्सा सम्म पुर्याई उपभोक्ताले प्रयोग गर्दा पनि उच्च सतर्कताका साथ सबै राष्ट्रिय अन्तर्राष्ट्रिय एल.पि. ग्यास सिलिन्डरका मापदण्डहरु पालना गर्दै त्रिशुल ग्याल उद्योगहरुले म्याद गुज्रिएका, विभिन्न कारणबाट लिकेज भएका, फुटिएको, नेकिङ, हाइड्रो टेस्टमा फेल भएका सिलिन्डरहरुलाई नष्ट गरिएको त्रिशुल ग्यास प्रालिका प्रबन्धक देवीप्रसाद भूसालले बताए ।
एभरेष्ट ग्यास संसारले सातवटै प्रदेशमा आपूर्ति गर्न सकिने गरी देशभरिको विभिन्न स्थानमा फरक फरक ब्राण्ड र नामबाट एल.पि. ग्यास रिफिलिङ उद्योग सञ्चालन गर्दै आएको छ ।








