लुम्बिनीको विकासका लागी सरोकारवालाहरुमा एकता हुुनुुपर्नेमा जोड

लुम्बिनी । बुुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रमा लगानी बढाउन र पर्यटनको बातवरण बनाउन सरोकारवालाहरुमा एकता हुुनुुपर्नेमा जोड दिइएको छ। लुम्बिनी प्रेस क्लबद्धारा आयोजीत तेस्रो लुम्बिनी न्यूज फेस्टिभलको प्यानल छलफलमा बोल्ने वक्ताहरु त्था सहभागिहरुले लुम्बिनीका सरोकारवालाहरुबीच सहकार्य र एकता नभएसम्म न लुम्बिनी क्षेत्रमा लगानी बढ्ने नत पर्यटनको बातवरण बन्ने निश्कर्ष निकालेका हुन् । लुम्बिनीः लगानी र पर्यटन विषयक प्यानल छलफलका प्यानालिस्टको रुपमा सहभागि लुम्बिनी सास्कृतिक नगरपालिकाको कार्यबाहक नगर प्रमुख कल्पना हरिजनले लुम्बिनी विकास कोषले स्थानिय सरकारलाई भूमिका नदिएकै कारण लुम्बिनीको भने जस्तो प्रबद्र्धन गर्न नसकिएको बताईन् । कार्यबाहक नगर प्रमुख हरिजनले स्थानिय बासिन्दा, लुम्बिनी विकास कोषसँग हातेमालो गरेर लुम्बिनीमा पर्यटकीय बातवरण बनाउन, पर्यटन क्षेत्रमा लगानी बढाउन र लगानीकर्तालाई लुम्बिनी क्षेत्रमा लगानी गर्न स्थानिय सरकारले उदारताका साथ सहयोग गर्ने बताईन ।

सो छलफलमा पर्यटन ब्यवासायी समेत रहेका लुम्बिनी होटल संघका अध्यक्ष लिलामणी शर्माले स्थानिय पर्यटन ब्यवसायीलाई बिहार र गुम्बालाई गेस्ट हाउसकोे रुपमा सन्चालन गरिनुु चिन्ताको विषय भएको बताए । लुम्बिनी पर्यटन परिषदका सदस्य समेत रहेका शर्माले लुम्बिनी आउने पर्यटकको बसाई लम्बाउनेगरी स्थानिय स्तरमा पर्यटन सम्बद्ध थप कार्यक्रम गर्न स्थानिय पर्यटन ब्यवसायी तयार भएको बताए । प्यानल छलफलमा लुम्बिनी विकास कोषका बरिष्ठ निर्देशक ज्ञानिन राईले तोकिएको समयमा लुम्बिनी गुरुयोजना पुरा गर्न नसकिएको प्रति दुःख ब्यक्त गदै लुम्बिनी विकास कोषले स्थानिय बासिन्दा, स्थानिय सरकार , प्रदेश सरकार सबैसँग हातेमालो गरेर अगाडी बढ्न सधै तयार रहेको बताए । प्यानल छलफलमा सहभागि कान्तिपुर टेलिभिजनका सम्पादक रुपेश श्रेष्ठले २२ बर्ष अगाडी आफु आउँदा लुम्बिनी जे देखेको अहिले पनि उस्तै हुुनु र लुम्बिनीका सरोकारवालाबीच लुम्बिनीको पर्यटन प्रबद्र्धनमा एकता र सहकार्य नहुुनु चिन्ताको विषय भएको बताए । समता टिभिका सम्पादक नरेश के.सी.ले सहजिकरण गरेको उक्त कार्यक्रममा सहभागि नेपाल र भारतका पत्रकारहरुले लुम्बिनीमा एकता र सहकार्यमा जोड नदिए सम्म लुम्बिनीको विकास सहि ढंगले नहुने बताएका छन् । प्यानल छलफलमा भारतको सिक्कीम प्रेस क्लबका अध्यक्ष भरत राउत, इन्डीया प्रेस इन्सीच्यूटका पूर्व सचिव समेत रहेका दैनिक सहाराका समाचार सम्पादक सन्जय सिंह, हिन्दूस्तान दैनिक लखनउ प्रमुख राजेश सिंह, भारतीय सरकारी सन्चार संस्था पिटिआईका उत्तर पूर्वि ब्यूूरो प्रमुख शिवप्रकाश गौर , जि न्यूजका महाराज प्रमुख समेत रहेका महाराजगन्ज प्रेस क्लबका अध्यक्ष अमित त्रिपाठी, गोरखपुर प्रेस क्लबका पुर्व अधयक्ष माकेन्डय लगायत ४२ जना भारतीय सम्पादक तथा पत्रकारहरुको सहभागिता रहेको उक्त कार्यक्रममा लुम्बिनी र कपिलवस्तुको सन्दर्भमा बेला बेला गरिने तथ्यबिनाकाका समाचारको पछि नलाग्न समेत आग्रह गरिएको छ । लुम्बिनी प्रदेश सरकारका मुुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरेको न्युज फेस्टिभलको उक्त प्यानल छलफलमा सहभागिको रुपमा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुुईटेल, अन्नपुर्ण पोस्टका प्रधान सम्पादक अखन्ड भन्डारी, प्रेस काउन्सील नेपालका अध्यक्ष डा। कुुमार आचार्य, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोखरेल, केन्द्रिय सदस्य रामराज पोखरेल, प्रदेश अध्यक्ष शुक्ररिसी चौलागाई, बरिष्ठ पत्रकार डा। बालकृष्ण चापागाई लगायत पत्रकार सम्बद्ध संघसंस्थाका प्रमुख एवं विभिन्न मिडीयाका सम्पादक तथा प्रतिनिधीहरुको उल्लेख्खय उपस्थिती रहेको छ ।

spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका