एक दर्जन बैंक विलय हुँदा नेतृत्वदायी भूमिकामा शाईन रेसुंगा बैंक

उत्कृष्ठ लाभांस इतिहास

जिल्ला तथा क्षेत्र स्तरका पाँच वटा विकास बैंक गाभिएर बनेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक आफ्नो अस्तित्व कायम राख्दै राष्ट्रिय स्तरको अब्वल बैंकको पहिचान बनाउन सफल भएको छ । कुनै बेला रुपन्देहीको बुटवलमा शाइन रेसुंगा डेभलपमेन्ट बैंकसहित पश्चिमाञ्चल फाइनान्स, पश्चिमाञ्चल विकास बैंक, सिद्धार्थ विकास बैंक, सेवा विकास बैंक, तिनाउ विकास बैंक, नेपाल कम्युनिटी विकास बैंक, बुटवल फाइनान्स, मिशन डेभलपमेन्ट बैंक गरी नौ वटा, भैरहवामा सिद्धार्थ फाइनान्स, पूर्णिमा विकास बैंक, एभरेष्ट फाइनान्स र इन्नोभेटिभ डेभलपमेन्ट बैंक गरी चार वटा वित्तीय संस्था अस्तित्वमा थिए । तीमध्ये शाइन रेसुंगा डेभलपमेन्ट बैंक मात्रै आफ्नो अस्तित्व र पहिचान बचाएर आजपनि देशकै अग्रणी विकास बैंकको रुपमा स्थापित भएको छ ।
देशमा प्रजातन्त्रको पुनर्वहालीपछि नीजि क्षेत्रले बैंक तथा वित्तीय संस्था खोल्ने लहर नै चल्यो । देशकै मुख्य ब्यापारिक तथा औद्योगिक शहर रुपन्देहीको बुटवल भैरहवा पनि त्यसको प्रभावबाट अछुतो रहने कुरा भएन । यहाँका उद्योगी, व्यवसायी र लगानीकर्ताहरुले १३ वटा वित्तीय संस्था स्थापना गरे । तीमध्ये सबैले एक आपसमा गाभिएर आफ्नो अस्तित्व गुमाए । लगानीकर्ताले प्रतिफल पाए वा पाएनन्, तर निकै मिहिनेतका साथ कायम भएको अस्तित्व चाहि मर्जर प्रकृयामा गएर गुमाए । तर स्थापना हुँदा शाइन डेभलपमेन्ट बैंकको नामबाट शुरु भएको क्षेत्रीय स्तरको यो बैंक भने फैलिदै गइरहेको छ । अहिले पाँच प्रदेशका २० जिल्लामा ८८ शाखा कार्यालयमध्ये लुम्बिनी प्रदेशका १० जिल्लामा ७२ वटा शाखा कार्यालय र एउटा एक्स्टेन्सन कार्यालय सञ्चालन गरेको छ ।
बुटवल कालिकानगरमा आफ्नै सुविधासम्पन्न भवनमा प्रधान कार्यालय रहेको बैंकका बागमती प्रदेशको काठमाडौंमा ६, ललितपुर, भक्तपुर र चितवनमा एक–एक वटा, गण्डकीको पोखरा, बुुर्तिबाङ र नवलपुरमा एक–एक शाखा सञ्चालनमा छन् ।
यस्तै सुदुरपश्चिम प्रदेशको कैलालीमा दुई तथा कञ्चनपुरमा एक र कर्णालीको सुर्खेतमा एउटा शाखा रहेको बैंकको १८ स्थानमा एटिएम सञ्चालनमा छन् । बैंकका ७ लाख ३५ हजार भन्दा बढी ग्राहक छन् ।
बैंकको चुक्ता पुँजी ५ अर्ब १९ लाख पुगेको छ । पूँजी, गुणस्तर, नेटवर्क र प्रतिफलका हिसावले नम्बर एक वित्तीय संस्था बन्ने होडमा रहेको शाईन रेसुंगा डेभलपमेन्टको यो सफलतामा यसका संचालकहरु र प्रमुख कार्यकारी अधिकृतको मिहिनेत र इमान्दारिता मुख्य कारण हो ।
बैंकले लगानीसँगै जोखिम न्युनीकरणमा पनि ध्यान दिएर काम गरिहेको हुँदा ग्राहक तथा लगानीकर्ताको मन जित्न सफल भएको अध्यक्ष थानेश्वर पौडेल बताउनुहुन्छ । बढ्दो अस्वस्थ प्रतिष्पर्धाका बीच पनि गुणस्तरीय सेवाका कारण नै बैंक सफल हुनुको आधार हो अध्यक्ष पौडेल भन्नुहुन्छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल नियमनकारी निकायको निर्देशनभित्र रहेर लुम्बिनी प्रदेशलाई केन्द्रीत गरी सेवा दिइरहेको दावी गर्नुहुन्छ ।
राष्ट बैंकले लिएको मर्जर नीति अनुसार अरु वित्तीय संस्थाहरु अरुमा गाभिन गएपनि शाईन रेसुंगा बैंकले आफुले नेतृत्व गर्ने निर्णय लियो । प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलको भनाइमा राजधानीबाहिर बसेर आफैमा अरु संस्था गाभेर अस्तित्व कायम राखिरहनुमा लगानीकर्ता र सेवाग्राहीको हौसलाले काम गरेको बताउनुहुन्छ । ‘सफल मर्जरपछि बुटवलमै केन्द्रीय कार्यालय राखेर राष्ट्रियस्तरको विकास बैंकका रुपमा नेतृत्व गर्न सकिन्छ भन्ने पुष्टी गरेका छौं, त्यसैले पनि सबैको साथ र माया पाएका छौं, पौडेल भन्नुहुन्छ ।
बैंकले दुई पटक बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंको अवार्ड पनि प्राप्त गरिसकेको छ । बैंकले आर्थिक वर्ष २०८०–०८१ मा इण्डियन च्याम्बर अफ कमर्सवाट आयोजित दोस्रो इमर्जिङ एशिया बैंकिङ अवार्डमा बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी, बेस्ट पर्फमेन्स अन ग्रोथ र बेस्ट बैंक शिर्षकमा रनर उपाधिबाट सम्मानित भएको थियो । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा नेसनल बेस्ट प्रेसिडेन्टल एनुअल रिपोर्ट अवार्ड २०२३ मा सर्टिफिकेट अफ मेरिट र न्यू बिजनेश एज प्रा.लि. बाट बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अफ दि इअर २०२४ वाट सम्मानित भएको थियो ।
२०६५ फागुन ११ गतेदेखि बुटवलमा केन्द्रीय कार्यालय राखेर कारोबार सुरु गरेको शाइन डेभलपमेन्ट बैंक र गुल्मीको रेसुङ्गा विकास बैंकबिच २०६९ चैत ४ मा मर्जर भई शाइन रेसुंगा डेभलपमेन्ट बैंक बनेको थियो । त्यसपछि २०७३ जेठ २९ मा प्यूठानको गौमुखी विकास बैंक लिमिटेडसँग मर्जर भयो भने २०७६ असोज २७ गते भैरहवाको पूर्णिमा विकास बैंक र नेपालगञ्जको भार्गव विकास बैंकलाई प्राप्ती गरेको थियो । बैंकले २०७६ मंसिर १० गते राष्ट्रियस्तरको विकास बैंकको इजाजतपत्रप्राप्त गरेको थियो ।

उत्कृष्ठ लाभांस इतिहास
शाईन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश इतिहास निकै उत्कृष्ठ रहेको छ । बिगत १३ बर्षमा सबैभन्दा बढी २८ प्रतिशत र सबैभन्दा कम ८ प्रतिशत लाभांश दिन सफल भएको यो बैंकका लगानीकर्ता अहिलेसम्म कहिल्यैपनि लाभांश नपाएर निराश हुनुपरेको छैन ।
२०६९।७० मा २० प्रतिशत लाभांश दिएको शाईन रेसुंगाले २०७०।०७१ मा २२ प्रतिशत, २०७१।७२ मा २०.४२ प्रतिशत, २०७२।७२ मा २७ र २०७३।०७४ मा २५ प्रतिशत लाभाशं दिएको छ ।
२०७४।०७५ मा १८.६३ प्रतिशत लाभांस दिएको शाईन रेसुंगाले २०७५।०७६ मा १५ प्रतिशत। २०७६।०७७ मा १३ प्रतिशत, २०७७।७८ मा ११.५ प्रतिशत लाभाशं दिएको छ । त्यसैगरी २०७८।०७९ मा १४ प्रतिशत, २०७९।०८० मा ११.०५ प्रतिशत, २०८०।०८१ मा ८ प्रतिशत र २०८१।०८२ मा अर्थात आज हुने बार्षिक साधारण सभाबाट १३ प्रतिशत लाभांश दिने दिदैछ ।

कुलमणि ज्ञवाली

spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img

सर्वाधिक पढिएका