क्रिमसन अस्पताल र सुर्यज्योति इन्स्योरेन्सबीच सम्झौता

वीमित र कर्मचारीले उपचारमा छुट पाउने

मणिग्राम, २६ कार्तिक ।
क्रिमसन अस्पताल मणिग्रामले सुर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका वीमित, अभिकर्ता, कर्मचारी र उनीहरुका आश्रित परिवारको उपचारमा सहुलियत उपलब्ध गराउने भएको छ ।
क्रिमसन अस्पताल तथा सुर्यज्योति लाईफ इन्स्योरेन्सबीच प्रयोगशाला, शल्यक्रिया, एक्सरे, बेड चार्ज, इसिजी, ईको, इन्डोस्कोपी लगायतका उपचारमा १० प्रतिशत छुट दिने सम्बन्धी सम्झौता बुधवार सम्पन्न भएको छ ।
सम्झौतापत्रमा सुर्यज्योति लाईफ इन्स्योरेन्सका लुम्बिनी प्रदेश प्रमुख प्रेमप्रसाद अर्याल र अस्पताल निर्देशक डा.शेखरप्रसाद पोखरेलले हस्ताक्षर गर्नुभएको छ ।
सुर्यज्योति लाईफ इन्स्योरेन्सका रुपन्देहीमा सात वटा कार्यालय रहेका छन् । सो कम्पनीका यस क्षेत्रमा २ लाख भन्दा बढी बीमित छन् । यसले अस्पतालको व्यवसाय प्रवद्र्धन तथा सुर्यज्योतिका वीमितले छुटको लाभ पाउने देखिएको छ ।
अस्पताल र इन्स्योरेन्सबीच अन्य आवश्यक क्षेत्रमा सहकार्य गर्दै जाने सम्झौतापत्रमा उल्लेख छ ।
सो अवसरमा क्रिमसन अस्पतालका अध्यक्ष दुर्गाप्रसाद पाण्डेय, संचालक बाबुराम भट्टराई, सुर्यज्योतिका सिनियर शाखा प्रबन्धक खेम थापालगायतको उपस्थिति थियो ।

 

spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका