अर्थोस्कोपी सर्जरीबाट घुँडाको उपचार:अब घरमै कुँजिएर बस्नुनपर्ने

गौतमबुद्ध सन्देश

भैरहवा । घुँडाको लिगामेन्ट र झिल्ली च्यातिएर लामो समयदेखि स्वास्थ्य समस्या झेलिरहेकी कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका वडा नं. २ की बृन्दावती धोवीको अर्थोस्कोपी सर्जरीबाट क्रिमसन अस्पताल मणिग्राममा गरिएको उपचार सफल भएको छ । अर्थोस्कोपी सर्जन डा. हिरामणि पौड्यालसहितको चिकित्सकको टीमले क्रिमसन अस्पतालमा पहिलोपटक घुँडामा प्वाल पारेर उहाँको अर्थोस्कोपी सर्जरी गरेको हो ।

अर्थोस्कोपी सर्जरी एक अत्याधुनिक सर्जिकल प्रविधि हो । जसमा घुँडामा सानो प्वाल पारेर क्यामेरा र विशेष उपकरण प्रयोग गरी हाड तथा लिगामेन्टको भित्री भागमा रहेको समस्या शल्यक्रियाबाट समाधान गरिन्छ ।

५५ बर्षिया धोवीलाई घुँडा खुम्च्याउन, हिडडुल गर्न लामो समयदेखि समस्या रहेको थियो । धेरै अस्पताल र चिकित्सककहाँ धाएर उपचार गराउँदा पनि सफल नभएपछि उनी क्रिमसन अस्पताल आएकी थिईन् । उनलाई दुरविनबाट सुन्निएको नशा पातलो गरी नचप्लाष्टी प्रविधिबाट सुन्निएको लिगामेन्ट र हाड खुर्किएर शल्यक्रिया गरिएको थियो ।

शल्यक्रिया गरेको तीन दिनपछि धोवी घर फर्कनुभएको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य छ ।

शल्यक्रियामा संलग्न डा.पौड्यालले लिगामेन्ट समस्याले मांसपेशी सुकेको, घरमा भित्र बाहिर गर्न पनि नसक्ने अवस्थाकी बिरामीको शल्यक्रियाबाट उपचार गर्दा आफूलाई खुशी लागेको बताउनुभयो ।

हाड जोर्नी तथा लिगामेन्टहरु जस्तै घुँडा, काँध, खुट्टाभित्र बिशेष मेशिनले हेरेर सामान्य चिकित्सा उपचारबाट निको नभएका बिरामीलाई गरिने यो अर्थोस्कोपी सर्जरीले घरमै कुँजिएर बस्नुपर्ने अवस्थाबाट मुक्त भईने डा. पौड्यालको दावी छ ।

बिरामी तथा परिवारले काम गरेर खानुपर्ने मानिसलाई घरमै कुँजिएर डिडडुल गर्न नसक्दा निकै समस्या भोग्नुपरेको बताए । उपचारपछि हिडडुल गर्न सहज हुने विश्वास लिएको धोवीले बताउनुभयो ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका