भैरहवामा `बजाज अटो विगो इभि’ सार्वजनिक, शून्य प्रतिशत ब्याजमा बुकिङ खुला

पबित्रा रेग्मी
भैरहवा, चैत ९ । विद्युतीय सवारी साधनप्रति बढ्दो आकर्षणबीच भैरहवामा ‘बजाज अटो विगो इभि’ सार्वजनिक गरिएको छ। इन्धनको बढ्दो मूल्य र वातावरणीय चुनौतीलाई मध्यनजर गर्दै ल्याइएको उक्त विद्युतीय तीनपाङ्ग्रे (टेम्पो) लाई किफायती, भरपर्दो र आधुनिक प्रविधियुक्त सवारीका रूपमा प्रस्तुत गरिएको छ।
स्थानीय वितरक एम.आर.बी. इन्भेस्टमेन्ट प्रा.लि. भैरहवाले यस सवारीको बुकिङ खुला गरेको जनाएको छ। कम्पनीका प्रबन्ध निर्देशक चन्द्रकान्त भट्टराईले `विगो इभि´ मा नयाँ प्रविधि र पुरानो विश्वासको संयोजन गरिएको बताउँदै व्यवसायिक प्रयोजनका लागि प्रयोग गर्ने चालक तथा उद्यमीलाई विशेष लाभ पुग्ने जानकारी दिनुभयो।
उक्त सवारीमा शून्य प्रतिशत ब्याजदरमा लगानीको सुविधा उपलब्ध गराइएको छ। “सरल लगानी, उत्कृष्ट बचत” नारासहित बजारमा ल्याइएको `विगो इभि´ ले इन्धन खर्चबाट मुक्ति दिलाउने र दैनिक आम्दानी बढाउन सहयोग गर्ने विश्वास गरिएको छ।
कम्पनीका अनुसार `विगो इभि´ मा उच्चतम यात्रा क्षमता, हिल होल्ड असिस्ट, इको तथा पावर मोड, फराकिलो सिट र आरामदायी डिजाइन जस्ता विशेषताहरू समावेश छन्। साथै, करिब ५० प्रतिशत चार्ज १ घण्टा ३० मिनेटमै गर्न सकिने प्रविधि यसमा रहेको बताइएको छ।
यस सवारीको प्रारम्भिक मूल्य ७ लाख ५९ हजार ९ सय रुपैयाँ तोकिएको छ। व्यवसायिक रूपमा सञ्चालन गर्न चाहने चालक तथा साना उद्यमीका लागि यो उपयुक्त विकल्प बन्ने विश्वास कम्पनीले लिएको छ।
विद्युतीय सवारीको प्रयोग बढ्दै गएको सन्दर्भमा भैरहवामा पनि यस्तो प्रविधिमैत्री साधनको आगमनले स्थानीय यातायात क्षेत्रलाई थप आधुनिक र वातावरणमैत्री बनाउने अपेक्षा गरिएको छ।

spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img

सर्वाधिक पढिएका