आइसिएफसी फाइनान्सद्वारा रुपन्देही क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

भैरहवा । आइसिएफसी फाइनान्स लिमिटेड भैरहवा शाखाले ग्लोबल मनि विकको अवसरमा भैरहवाको रुपन्देही क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा क्याम्पस प्रमुख मञ्जु खनाल, सहायक क्याम्पस प्रमुख बसन्तमणि पोखरेल लगायतको उपस्थिति रहेको थियो। बैंकका तर्फबाट क्षेत्रीय प्रबन्धक अमृत शर्मा, शाखा प्रबन्धक विशाल बस्नेत तथा कर्मचारीहरू कुमार थापा मगर, सिद्धान्त अधिकारी, घनश्याम चौधरी थारु, सुमन अधिकारी, मेलिना गुरुङ र बुद्धिराज तिम्सिना खत्रीको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा विद्यार्थीहरूलाई बचतको महत्व, आम्दानी–खर्च व्यवस्थापन, लगानीका आधारभूत सिद्धान्त तथा डिजिटल बैंकिङ्ग सम्बन्धी जानकारी प्रदान गरिएको थियो। साथै “खर्च गर्नु अघि सोचौं, नियमित बचत गरौं र सोचेर लगानी गरौं” भन्ने सन्देशलाई प्राथमिकता दिँदै वित्तीय अनुशासनको आवश्यकता बारे प्रष्ट पारिएको थियो।
कार्यक्रममा करिब ७५ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले आफ्नो वित्तीय ज्ञान अभिवृद्धि गर्न सहयोग पुगेको प्रतिक्रिया दिएका छन्।
युवापुस्तामा वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने बैंकले जनाएको छ।

spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img

सर्वाधिक पढिएका