डा. थापाका मुख्य एजेन्डाः स्वास्थ्य सुधार, सुशासन र युवा स्वरोजगार

भैरहवा । आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनको मिति नजिकिँदै गर्दा रुपन्देही क्षेत्र नं. ३ मा चुनावी सरगर्मी ह्वात्तै बढेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवार बन्नुभएका वरिष्ठ न्यूरोलोजिस्ट डा. लेखजंग थापाको पक्षमा स्थानीय मतदाताहरूको समर्थन बढ्दो देखिएको छ।

विशेषगरी स्वास्थ्य क्षेत्रमा लामो अनुभव सँगाल्नुभएका डा. थापाले अब संसद्‌मा पुगेर नीतिगत सुधार र देशको समृद्धिका लागि नेतृत्व गर्नुपर्ने आवाज यतिबेला रुपन्देहीका बस्ती(बस्तीमा सुनिन थालेको छ।

घरदैलो अभियानका क्रममा थापाको टोली शुक्रबार सुद्धोधन गाउपालिका पुगेको थियो । गाउपालिका वडा नं। ४ निवासी स्थानीय शोभा कुमारी आलेले विगतमा सही नेता छान्न नसक्दा देशले दुख पाएको धारणा व्यक्त गरिन् । उनका अनुसार अबको समय परिवर्तनको हो र त्यसका लागि डा। थापा जस्तो सक्षम व्यक्तित्व आवश्यक छ। हिजोका दिनमा हामीले नेता चुन्न नजान्दा देश यो अवस्थामा पुग्यो। तर अब यो विषम परिस्थितिमा हामीले राम्रो र सक्षम नेता छान्न ढिला गर्नु हुँदैन, आले भन्छिन् –डा. लेखजंग थापा स्वास्थ्य सेवामा मात्र होइन, अब देशकै उपचार र सेवामा लाग्नुहुनेछ भन्ने हाम्रो पूर्ण विश्वास छ। त्यसैले उनलाई जिताउन हामी एक ढिक्का भएर अगाडि बढेका छौँ।

त्यस्तै, शुद्धोधन गाउँपालिका वडा नं. ७ निवासी दिवेश चौधरीले पनि डा। थापाको उम्मेदवारीलाई आशाको रूपमा हेरेका छन् । पेशाले आफैँ स्वास्थ्यकर्मी रहेका चौधरीका अनुसार स्वास्थ्य क्षेत्रमा व्याप्त विकृतिहरू हटाउन र संसद्‌मा विज्ञको आवाज पुर्‍याउन डा। थापाको जित अनिवार्य छ। उनी भन्छन्, नयाँ जोस र जाँगर बोकेको युवा प्रतिनिधि हुनुहुन्छ। स्वास्थ्य क्षेत्रका समस्या र जनताका मागलाई नजिकबाट बुझ्नुभएको छ। संसद्‌मा गएर राम्रो सेवा र नीतिहरू सुचारु गर्न थापाको उपस्थितिले ठूलो अर्थ राख्छ। जनताले थापालाई चिनिसकेका छन्, त्यसैले थापालाई अत्यधिक बहुमतका साथ जिताउन हामी सबैको अपिल छ।

रुपन्देही(३ का विभिन्न टोल र वस्तीहरूमा डा। थापाको चुनावी अभियानलाई स्थानीयले उत्साहजनक साथ दिइरहेका छन्। पुराना राजनीतिक दलहरूको विकल्प खोजिरहेका मतदाताहरूका लागि डा। थापा एक भरपर्दो पात्रका रूपमा उदाएका छन् । देशको जर्जर अवस्थालाई सुधार्न ुजान्नेलाई छान्नेु मर्म अनुसार रास्वपाले अघि सारेका डा। थापाले स्वास्थ्य सुधार, सुशासन र युवा स्वरोजगारलाई आफ्नो मुख्य एजेण्डा बनाएका छन् । फागुन २१ को चुनावले रुपन्देही(३ मा नयाँ नेतृत्व स्थापित गर्नेमा यहाँका मतदाता निकै आशावादी देखिएका छन्।

spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img

सर्वाधिक पढिएका