सिमा नाका तीन दिन बन्द रहने

भैरहवा, फागुन २३ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन रुपन्देही जिल्लाका सम्पूर्ण भारत–नेपाल सीमा नाकाहरू बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले बुधबार सूचना जारी गर्दै फागुन १९ गते (२ मार्च २०२६) राति १२ः०० बजेदेखि फागुन २१ गते (५ मार्च २०२६) मतदान कार्य सम्पन्न नभएसम्म सीमा नाकाहरू बन्द रहने जनाएको हो।


प्रशासनका अनुसार निर्वाचन अवधिभर सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइनेछ। विशेष गरी अनधिकृत आवतजावत तथा अवाञ्छित गतिविधि रोक्न सीमा बन्द गर्ने निर्णय गरिएको हो।
सूचनामा उल्लेख भएअनुसार एम्बुलेन्स, दमकल, अस्पताल सेवा, दु्रतसञ्चार, शव वाहन, विद्युत सेवा तथा अनुमति प्राप्त अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाइनेछ।
जिल्ला प्रशासन कार्यालयले निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन सर्वसाधारणलाई सहयोग गर्न आग्रह गरेको छ।
रुपन्देही जिल्ला भारतसँग जोडिएको मुख्य सीमा क्षेत्र भएकाले निर्वाचनका बेला सीमा व्यवस्थापनलाई विशेष महत्व दिइँदै आएको छ। प्रशासनले आवश्यक सुरक्षा समन्वयका लागि सम्बन्धित निकायसँग सहकार्य गरिरहेको जनाएको छ।

spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका